जननी जागरण अभियान अन्र्तगत उद्यमशीलताका लागि उत्प्रेरणामुलक तालिम

  • पोखरा न्यूज
  • २०७३ बैशाख १९
जननी जागरण अभियान अन्र्तगत उद्यमशीलताका लागि उत्प्रेरणामुलक तालिम

पोखरा, वैशाख १८-

महिलाहरुलाई उद्यमी बनाउने उद्देश्य सहित रेडियो जननीले सञ्चालन गरेको जननीजागरण अभियान अन्तर्गतको उद्यमशीलताका लागि उत्प्रेरणामुलक तालिम शनिबा पोखरा उप—महानगरपालिकाको वडा नं. २२ आर्वामा सम्पन्न भएको छ । तालिममा वडाका एक सय ६ जना महिलाको सहभागिता रहेको थियो ।

तालिममा रेडियो जननीका अध्यक्ष एवम् पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराईले उद्यमशीलताको विषयमा सहजीकरण गर्दै मकैको भुत्ला र फेब्रिकबाट हस्तकलाका सामाग्री बनाउन सिकाउनु भएकोे थियो । अध्यक्ष भट्टराईले स्थानियस्तरमै उपलब्ध कच्चा पदार्थ र खेर गइरहेका वस्तुहरु बाट विभिन्न हस्तकलाका सामाग्री बनाउन सकिने भन्दै यो तालिमले महिला दिदीबहिनीलाई फुर्सदको समयको सदुपयोग गर्दै आयआर्जनको बाटोमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रेडियोका निर्देशक हसिना बस्नेतले सीपले व्यक्तिलाई आत्मनिर्भर बनाउने भन्दै यो अभियानले दिदीबहिनीलाई सीप सिक्न र आत्मनिर्भर बन्न प्रोत्साहित गरेको बताउनु भयो । पोखराका विभिन्न वडाहरुमा तालिम सम्पन्न भैसकेको जानकारी गराउदै उँहाले बाँकी रहेका वडाहरुमा पनि छिट्टै तालिम सञ्चालन गरिने बताउनु भयो । रेडियोका स्टेशन म्यानेजर विमला भण्डारीले आर्थिक अधिकारको बारेमा सहजीकरण गर्दै महिलाहरु पनि अब आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बन्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो जननीका अध्यक्ष एवम् पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा महिला वडा समन्वय समिति २२ का अध्यक्ष एवम् ज्योति महिला विकास बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णकुमारी बराल महिला वडा समन्वय समिति २२ का सचिव एवम् महिला तथा बालबालिका कार्यालयका सामाजिक परिचालक रामकुमारी पौडेल, पत्रकार विरेन्द्र केसी, लगायतले बोलेका
थिए । तालिमबाट आफूहरु निकै उत्साहित भएको बताउदै ज्योति महिला विकास बचत तथा ऋण सहकारीका प्रबन्धक समेत रहनु भएकी महिला वडा समन्वय समिति २२ का सचिव रामकुमारी पौडेलले सहकारीको पहलमा हस्तकला सम्बन्धी उद्योग स्थापना गर्ने
बताउनु भयो ।

यसैबीच महिला वडा समन्वय समिति २२ का अध्यक्ष कृष्णकुमारी बरालको संयोजकत्वमा ११ सदस्यीय स्रोता क्लब पनि गठन गरिएको छ । क्लबका सदस्यहरुमा मनु बराल, सीता बराल, साधना बराल, सत्य बराल, कृष्ण अधिकारी, सावित्री सिग्देल, भद्रीमाया बराल, रिता बराल, उमा बराल र रामकुमारी पौडेल रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस