पोखरा १९,बैशाख –
कास्कीकोट गाविसको गैह्रावारी ९ मा समुदाइक भवन निमार्णको उद्घाटन तथा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । समुदायमा सामुदाइक भवन निमार्ण गरि समाजमा हुने विभिन्न कार्यक्रम हरु सफलताका साथ सम्पन्न गर्नको लागी तथा समुहिक भाडावर्तन सुरक्षीत का साथ राख्नको लागी भवन निमार्ण गर्न लागीएको कार्यक्रमका संयोजक मिन बहादुर वस्नेतले जानकारी दिनुभयो । सामाजीक सञ्जाल फेसवुक बाट संकलीत रकमबाट यसअघि चौतारा निमार्ण भइसकेको उत स्थानमा सामुहीक भवन निमार्ण को काम थालनि गरिएको हो ।
नेपालका विभिन्न १४ जिल्ला बाट रोजगारीको शिलशिलामा विदेशीएका युवाहरुको सक्रियतामा फेसबुकबाट मात्रै अहिलेसम्म १४ लाख २२ हजार रुपयाँ संकलन भइसकेको र अझै सहयोग रकम आउने क्रम बाकी रहेको भवन निमार्ण समितिका कोषाध्यक्ष शालीकराम गौतमले जानकारी दिनुभयो । कास्की जिल्लामानै पहिलोपटक सामाजीक संजाल फेसबुकबाट राम्रो कामको थालनी भएको बताउदै यस्तो कामको थालनी गर्ने युवाहरु प्रति कार्यक्रममा बोल्न्े अधिकाशंले खुशी व्यत्त गर्र्नुभएको थियो । कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका संसद तथा कार्यक्रमका प्रमुख अतिथि डिवी नेपालीले आफु देशर जनताको निमित्त हरेक तहर तप्काबाट लडीरहेको बताउनुभयो ।
गतवर्ष गएको वर्षको भुकम्पबाट पाठ सिक्नुपर्ने बताउदै उहाँले सामुदायीक भवन निमार्ण गर्दा भुकम्प प्रतिरोधात्मक बनाउनु आवश्यक रहेको बताउनुभयो ।यसैविच शनिवारनै कास्कीकोटको विजय प्रा.वि.को प्र·णमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा १०६ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।युवाहरुनै देश विकासका लागी भन्ने मुख्य उद्धेश्यका साथ कार्यक्रम संचालन गरेको हाम्रो परिर्वतन का अध्यक्ष डा. ढाका कुमार क्षेष्ठले बताउनुभयो ।कार्यक्रममा बोल्दै क्षेष्ठले आगामी महिनादेखी निशुल्क स्वास्थ्य शिविर हरेक महीनाको एक दिन कास्कीकोटमा संचालन गर्ने बताउनुभयो ।
मधुमेह, तथा रक्तचाप परिक्षण गरिएको कार्यक्रममा कास्कीकोट लगाइत अन्य क्षेत्रका स्थानिय को उल्लेखयमा सहभागीता रहेको थियो । एउटा गाउमा एउटा हस्पिटल निमार्ण गर्ने आफुहरुको लक्ष्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल का डा.तथा स्वास्थ्य कार्यक्रमका संयोजक डा. ढाका कुमार क्षेष्ठले बताउनुभयो ।सामुदाइक भवन निमार्ण का अध्यक्ष हिकमत बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिज्ञ,समावसेवि तथा स्तानीय हरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution