राप्रपा नेपालको हरेक वडामा राष्ट्रिय अभियान जारी

  • पोखरा न्यूज
  • २०७३ बैशाख १९
राप्रपा नेपालको हरेक वडामा राष्ट्रिय अभियान जारी

पोखरा, १९ बैशाख –

राप्रपा नेपाल कास्कीले कास्की जिल्लाको क्षेत्र नं. ४ अन्तर्गत हेमजा र चापाकोट गा.वि.स.मा भेला सम्पन्न गरेको छ ।हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलुले हिन्दु राष्ट्र कायम गर्न लागिपर्ने बताउनुभयो । आफू गैरहिन्दु भए पनि हिन्दुत्व जोगाउनुपर्छ भन्ने हिसाबमा अघि बढेको र आम कार्यकर्ताहरुलाई । हिन्दु राज्य जोगाउन अगाडि बढ्न आग्रह गर्नुभयो । जिल्ला अध्यक्ष जयलाल पुनले राष्ट्र बचाउने सवालमा राप्रपा नेपाल एकमात्र पार्टी भएको दावी गर्दै सत्ता प्राप्तिको लागि विदेशी प्रभुहरुसँग झुक्न नहुनेमा जोड दिए । उहाँले ९४ प्रतिशत हिन्दुहरु भएको देशलाई हिन्दु राष्ट्र कायमै गरेर छाड्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य शिब कुमार बाँस्तोला, प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणा, जिल्ला उपाध्यक्ष नेत्र बहादुर बस्नेत, युवा मोर्चाका केन्द्रीय सदस्य शमशेर गुरुङ्ग, सहसचिव रन्जना सेन पौडेल, क्षेत्रीय अध्यक्ष जीवन कुँवर, क्षेत्रीय सचिव निर्मल खत्री, रामेशवर कोइराला, युद्ध बहादुर कोइराला, परमेश्वर बस्ताकोटी, टेक बहादुर थापा लगायत नेता तथा कार्यकर्ताले हिन्दु राष्ट्र बचाउन जोडदार माग गर्नुभयो ।

पोखरा २७ हेमजामा तोरण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोष्टम कुँवरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको थियो भने चापाकोटमा पूर्णाखर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारानाथ पराजुलीको २५ सदस्यीय गाउँ कमिटी गठन गरिएको कार्यक्रममा संचालन क्षेत्र नं.४ का सचिव तिर्थ सुवेदीले गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस