पेशागत बीमा अभिकर्ता संघ एलआइसी पोखरा शाखाको अध्यक्षमा गुरुङ्ग

  • पोखरा न्यूज
  • २०७३ बैशाख २०
पेशागत बीमा अभिकर्ता संघ एलआइसी पोखरा शाखाको अध्यक्षमा गुरुङ्ग

पोखरा, बैशाख १९-
पेशागत बीमा अभिकर्ता संघ नेपाल एलआइसी विमक संघ पोखरा शाखाको आइतबार सम्पन्न तेश्रो अधिवेशनले रुक वहादुर गुरुङ्गको अध्यक्षतामा १३ सदस्यी नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा शुशिल ढुंगाना, सचिवमा नविन घायल, सहसचिवमा बिमल भण्डारी र कोषाध्यक्षमा रामप्रसाद आचार्य चयन भएका छन् । समितिको सदस्यमा शम्भु लुईटेल, यज्ञवहादुर नेपाली, नमराज क्षेत्री, छवि पौडेल, पारस द्धवा, यादव कुमार श्रेष्ठ, सरस्वती के.सी कार्की र गिता चापागाई रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष नन्दप्रसाद तिवारीले राज्यले बिमाको विस्तारका लागि योजना ल्याउन नसकेको उल्लेख गरे । उनले विमाका विषयमा चेतना नहुँदा ठुलो हिस्सा विमाबाट विमुख बनेको बताए ।
कार्यक्रममा एलआईसी विमक संघका केन्द्रिय अध्यक्ष स्वदेश महर्जनले विमा सम्वन्धी संसोधन विधयकले अधिकर्ताका अधिकार सेवामा कटौती गरेको बताए । एलआईसी विमक संघ पोखरा शाखाका अध्यक्ष रुक वहादुर गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन शत्रमा एलआइसी पोखरा शाखाका प्रमुख सोनवहादुर आले, पेशागत विमा अभिकर्ता संघका केन्द्रिय सदस्य केदारनाथ अधिकारी, सल्लाहकार दामोदर बसौला, एलआइसी विमक संघका केन्द्रिय उपाध्यक्ष लालप्रसाद अधिकारी, मेटालाइफका एजेन्सी म्यानेजर अर्जुन सिग्देल, प्राइम लाइफका एजेन्सी म्यानेजर सन्तोष गौतम, नेपाल लाइफ इन्सुरेन्सका एजेन्सी म्यानेजर प्रविण पोखरेल, लोकदोहोरी गायक जीवन दाहाल लगायतले विमाको महत्वका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा एक दशक भन्दा लामो समय देखी विमाको क्षेत्रमा क्रियाशिल इन्द्र प्रसाद द्धवालाई सम्मान गरिएको थियो । यसैगरी एलआइसी पोखरा शाखा अन्र्तगत एमडीआरडी बन्न सफल तथा उत्कृष्ट महिला तथा पुरुष अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष शुशिल ढुंगानाले स्वागत र सचिव नबिन घायलले संचालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस