वेगनास तालवराहको पूजा सम्पन्न

लेखनाथ २० वैशाख-
वेगनास ताल पारी रहेको तालवराहीको आज एक कार्यक्रमका विच पूजा सम्पन्न भएको छ । वेगनासताल डुङ्गा व्यवसायिक समितिको आयोजनामा वार्षिक रुपमा हुने कार्यक्रम अन्तरगत पूजाको आयोजना हुने संस्थाका अध्यक्ष ढकनाथ कंडेलले जानकारी दिए । २१९ जना सदस्य रहेको सो समतिको आयोजनामा तालमा हुने दुर्घटना नहोस भनी उक्त पूजा पाठ गर्दै आएको जानकारी दिए ।

करिव २०० वर्ष अघि देखि पूजा गर्दै आएको र त्यस पछाडि मालमुले पण्डितबाट पूजाआजा गर्दै , तालमा माछा नपरेमा सोही स्थानमा पुगी कुखुरा चडाएर फर्किंदा माछा जालमा पर्ने पुरातात्विक इतिहाँस रहेको कार्यक्रममा जानकारी दिए । सो स्थानको प्रचार प्रसारको अभावमा पछाडि परे पनि यसको इतिहाँसको उच्च महत्व र लोभलाग्दो सौन्दर्य पर्यटकिय स्थल रहेको जानकारी दिए । लेखनाथ वडा नं.का स्थानिय वासी र डुंगा व्यवसायिहरुले यसको उत्थान र प्रचार प्रसारका लागि आगामी दिनमा उच्च प्राथमिकताका साथ सन्चार माध्यमले प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरे । एक विहान सो मन्दिरको दर्शन गर्न पुगेका लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले मन्दिरको पूजा कार्यक्रमका लागि कार्यलयको तर्फबाट ५ हजार रुपैंया सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button