नेपालमै पहिलो पटक पोखराको यूआरएलमा थाईराइडको रक्त परिक्षण

पोखरा, २० वैशाख-

पश्चिमाञ्चलकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले सम्भवत नेपालमै पहिलो पटक पोखराबाट थाईराईड रक्त परिक्षण गर्न सुरु गरेको छ । थाईराईडको विशेष प्रकारको रक्त (एन्टी टिएसएचआर) परिक्षण पोखरामा नेपालमै पहिलो पटक गर्न सुरु गरेकोे प्रालिका प्रबन्ध निर्देशक पन्तले दाबी गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

परिक्षण गर्ने मेसिनको डा. बुद्धिबहादुर थापाले सोमबार एक समारोहका विच उद्घाटन गर्दै थाईराईडका विरामीहरुलाई सेवामा सहज हुने उनले विश्वास व्यक्त गरे । थाईराइृडको रक्त परिक्षण गर्न भारत लगायतका अन्य देशहरुमा पठाउनु पर्ने बाध्यकारी समस्या पनि अब देखि टरेको प्रालिका अध्यक्ष चेत बहादुर गुरुङले बताए । १५ हजार भन्दा बढी शुल्क लाग्ने भए पनि आफुहरुको ल्याबमा भने ६ हजारमै परिक्षण हुने गुरुङले जनाए । अहिलेसम्म टी थ्री, टी फोर, र टिएसएच को मात्र पक्ता लगाई थाईराईडको उपचार गरीएको संस्थाले जनाएको छ । शरीरका अंगभित्र हुने प्रतिकृयाको मात्र पक्ता लगाई एन्टी टिएसएचआर परिक्षणले उपचारमा सहयोग गर्छ ।

त्यस्तै अधिकाशं गर्भवती महिलमा देखिने थाईराईड बच्चामा सर्ने÷नसर्ने पनि यो परिक्षणबाटै पक्ता लाग्छ । गर्भवस्थाको ६ महिना देखि नौं महिना भित्र यस्तो परिक्षण गरी उचित उपचार गरे बच्चामा यस प्रकारको थाईराईड हुने जोखिम रोक्न सकिन्छ । करीब साँढे दुई बर्ष देखी संचालन हुदै आएको यस संस्थाले फोक्सोमा क्यान्सर हुन सक्ने सम्भावना सम्बन्धि रक्त परिक्षण सार्यप्रा २१.१, हृदयघात हुन सक्ने सम्भावना सम्बन्धि रक्त परिक्षण एन्टी प्रो–बिएनपी पनि नेपालमै पहिलो पटक सुरु गरीएको पन्तले दाबी गरे । विश्वकै अत्याधुनिक प्रविधिबाट सेवा प्रदान गरेको युआरएलले व्यवसायको अतिरिक्त सामाजिक उक्तरदाहित्व समेत वहन गर्दै आएको छ ।

पोखरा न्यूरोडमा गिरी कम्प्लेक्समा रहेको युआरएलमा हालसम्म आयोजना गरेको २१ वटा स्वास्थ्य शिविरबाट १० हजार २ सय ८६ जना लाभान्वित भएको पन्तले दाबी गरे । प्रालिका प्रबन्ध निर्देशक पन्तले संस्थाले हालसम्म ४२ हजार जनाको स्वास्थ्य परिक्षण गराएको जनाए । रगतबाट करीब ३ सय भन्दा बढी स्वास्थ्य परिक्षण हुने भएको उनले बताए । न्युनतम एक सय रुपैया देखि ६ हजार रुपैयासम्म रगत परिक्षणको शुल्क लाग्ने भएको पन्तले बताए । हाल संस्थामा दक्ष प्राविधिक १० जना सहित २२ कर्मचारीहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button