चौरासी पुजा नगरी एक बृद्धाले गरे मन्दिरको अक्षयकोषमा दान

  • पोखरा न्यूज
  • २०७३ बैशाख २०
Post Thumbnail

पोखरा, २० बैशाख-
हिन्दु मान्यता अनुसार एकहजार पूर्ण चन्द्र देखेपछि बृद्धबृद्धाहरुले चौरासी पुजा लगाउने प्रचलन छ । बढ्दो आधुनिकता संगै जन्मोत्सव, पर्व तथा पुजाहरु खर्चिलो बनिरहेका छन् । तर तनहुँ थर्पुका ज्ञान नारायण मल्लले आफ्नो ८४औ बर्ष प्रबेशको अवसरमा स्थानिय सिद्धेश्वर महादेब मन्दिरको अक्षयकोषका लागि ११ हजार १ सय ८४ रुपैया दान गरेका छन् । उनले अनावश्यक खर्च गर्ने प्रचलन तोड्न र सामाजिक काममा आफुलाई अग्रसर गराउन खर्चिलो चौरासी पुजा नगरी मन्दिरमा स्थापित अक्षयकोषमा दान गरेको बताए ।

उक्त अवसरमा मन्दिरको भजन समुहले उनलाई भजन किर्तन सहित आफ्नो निबासबाट मन्दिर सम्म लगेर सम्मान गरेका थिए । मल्ल उक्त मन्दिरमा बिगत ४० बर्ष देखि भजन किर्तन गर्न संलग्न रहँदै आएका छन् । उनी सिद्धेश्वर मन्दिर ब्यवस्थापन समिती तथा थर्पु भजन किर्तन समुहका निबर्तमान अध्यक्ष हुन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस