लम्साल सेवा समाजको केन्द्रीय अधिवेशन सम्पन्न

  • पोखरा न्यूज
  • २०७३ बैशाख २०
Post Thumbnail

काठमाण्डौं २०, वैशाख- 
लम्साल सेवा समाजको केन्द्रीय अधिवेशन सम्पन्न काठमाडौंमा सम्पन्न भएको छ । देश भरि छरिएर रहेका लम्साल बन्धुहरुको साझा समाजको रुपमा क्रियाशिल लम्साल सेवा समाजको सत्रौं अधिवेशनले लम्सालहरुको खोजी र पहिचान गरी लम्साल वंशावली तयारीमा क्रियाशिल हुने बताएको छ । कार्यक्रमका प्रमुख अतिथि संसद विकास लम्सालले लम्सालहरुको साझा संस्थाकारुपमा लम्साल सेवा समाज समितिले कार्य गर्नुपर्ने कुरा औल्याए । देशका विभिन्न स्थानमा छरिएर रहेका लम्साल बन्धुहरुको वंशावली तयार गर्न समेत उनले सुझाव दिए । लम्सालहरुको विकास क्रम के कसरी कहाँबाट सुरु भयो । लम्साल बन्धुहरुको अवस्था झल्कने तथा ऐतिहासिक विषय वस्तुहरुको खोजी गर्नुपर्ने बताए । लम्साल बन्धुहरुलाई जोडने पुलको कार्य गर्नमा आफनो तर्फबाट सक्दो प्रयास गर्ने समेत बताए । कार्यक्रमका अतिथि काठमाडौंका संसद राजेन्द्र फुयालले लम्साल सेवा समाजलाई आफनो तर्फबाट सहयोग गर्ने बताउदै समाजले सामाजिक क्षेत्रमा समेत क्रियाशिल भएर कार्य गर्नमा जोड दिए ।

त्यसै गरि कलाकार तथा लम्साल सेवा समाजका सदस्य राधा लम्साल ‘भावु’ले समाजले लम्सालहरुको खोजी गरि समाजले लम्सालहरुको बारेमा परिचय स्थापित गर्नु पर्ने बताइन । साथै वंशावली तयार गर्दा मा छोरीचेलीको समेत नाम समेत उल्लेख गर्नुपर्ने बताइन । कार्यक्रममा कास्की जिल्लाका प्रतिनिधि सहभागी सोमनाथ लम्साल र विजय लम्सालले पनि आआफनो धारणा राख्दै लम्सालहरुको सबै स्थानमा खोजी गरि समाजमा आवद्धता गर्नुपर्ने जोड दिए ।

अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि पुन वरिष्ठ पत्रकार हरि लम्सालको अध्यक्षतामा पन्ध्र सदस्य लम्साल सेवा समाज केन्द्रीय कार्य समिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा रमेश लम्साल, उपाध्यक्षमा सुमित्रा लम्साल, महासचिवमा सागरमणि लम्साल, कोषाध्यक्षमा आलोक लम्साल, सचिवमा दीपक लम्साल रहेका छन भने कार्य समिति सदस्यहरुमा पूर्णचन्द्र लम्साल, सोमनाथ लम्साल कास्की, गोपाल लम्साल, उध्व लम्साल, मोदनाथ लम्साल, राधा लम्साल ‘भावु’, हरिप्रसाद लम्साल, सूर्यप्रसाद लम्साल, चन्द्रकला लम्साल रहेका छन ।

समाजले आगामी दिनमा देश भर छरिएर रहेका लम्साल बन्धुहरुको साझा वंशावली तयारी गर्ने भएको छ । वंशावली तयारीको लागि पूर्णचन्द्र लम्सालको संयोजकत्वमा गोपाल लम्साल र हरि लम्साल रहेको समिति गठन गरेको छ भने अन्य सदस्यहरु आवश्यकता अनुसार पछि थप गर्न सकिने जानाएको छ । काठमाडौंको थलीमा समाजको भवन निर्माणको लागि लम्साल बन्धुहरुबाट जग्गा प्राप्ति भएकोले अब भवन निर्माणमा समेत क्रियाशिल भएर लाग्ने हरि लम्साल बताए । साथै देशभरका पच्चीस जिल्लामा लम्साल सेवा समाज क्रियाशिल रहेको उनले सो अवसरमा जानकारी दिए । आगामी दिनमा लम्सालहरु रहेका जिल्लाहरुमा जिल्ला भेला गरि समाज निर्माण गर्ने कार्यक्रम रहेको लम्सालले बताए ।
कार्यक्रममा वत्स श्री भित्ते पात्रो र वत्सश्री मुखपत्रलाई आगामी दिनमा परिमार्थित सहित प्रकाशन गर्ने समाजका सचिव दिपक लम्सालले जानकारी दिए ।

समाजका अध्यक्ष हरि लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव सागर लम्सालको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष आलोक लम्सालको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको लम्साल सेवा समाजका केन्द्रीय सदस्य सोमनाथ लम्सालले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

३ घण्टा अघि

गाई पूजा आजै

३ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस