पोखरा, २१ बैशाख –
पोखरामा मिति २०७३।०१ ।२२ गते शक्तिको खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका ५२ ओटा बिक्रेताबाट शक्तिको २७४१ बटा ग्याँस सिलिण्डर वितरण हुने भएको हो ।
पोखरामा मिति २०७३।०१ ।२२ गते शक्तिको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ
यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.१४००।– (चौधसय) तिरी १४.२ के.जी. को ग्याँस सिलिण्डर पाउने छन । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ ।
ग्यास वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने प्रशासनले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution