मापसे कारबाहीमा ७ महिला

  • पोखरा न्यूज
  • २०७३ बैशाख २१
मापसे कारबाहीमा ७ महिला

पोखरा २१, वैशाख-

कास्कीमा यस चालु आर्थिक बर्ष श्रावण देखि चैत्रसम्म ९ महिनामा ७ जना महिलाहरु मादक पदार्थ सेवन (मापसे) मा परेका छन । उनीहरुको लाईसेन्समा समेत प्वाल पारिएको छ । गत आर्थिक बर्षमा भने १४ जना महिलाहरु मापसेमा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीले दिएको तथ्याङकले देखाएको छ ।

यस चालु आर्थिक बर्षमा ७ सय ४८ जना मापसे गरी सवारी चलाएका चालकहरुको लाईसेन्समा प्वाल पारीएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक श्याँमु अर्यालले बताए । यस चालु आर्थिक बर्षमा ५ पटक सम्म एकै व्यक्तिको लाईसेन्समा प्वाल पारिएको समेत बताए । मापसेबाट मात्र ७४ हजार ८ सय राजश्व संकलन भएको छ ।

कास्कीमा यस चालु आर्थिक बर्ष श्रावण देखि चैत्रसम्म ९ महिनामा ४६ वटा सवारी दुर्घटना हुदा २७ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले दिएको तथ्याङकका आधारमा २७ जना मृतक मध्य २० जना पुरुष, ४ जना महिला र ३ जना वालक सवारी दुर्घटनामा परी मृत्यु भएको हो । सवारी दुर्घटनामा परी मृत्यु हुने बढी पुरुष र वालकहरु देखिए पनि यस अवधिमा कुनै वालीकाको सवारी दुर्घटनाबाट मृत्यु नभएको देखिएको छ ।

चालु आर्थिक बर्ष श्रावण देखि चैत्रसम्म कास्कीमा ३२ जहार ३ सय ५० वटा साना ठुला गरी सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याउदा कार्यालयले १ करोड ८ लाख ६१ हजार ६ सय रुपैया राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक श्याँमु अर्यालले पोखरान्युजडटकम लाइ बताए । उनका अनुसार यस अवधिमा ५ हजार १ सय ९५ वटा वसलाइ कारवाही गर्दा १५ लाख ६८ हजार २ सय, १६ हजार १ सय ९९ वटा मोटरसाईकललाई कारवाही गर्दा ६० लाख ९८ हजार ९ सय रुपैया राजश्व संकलन भएको छ । त्यसै गरी ४ हजार ३९ वटा ट्रक कारवाही हुदा ११ लाख ७० हजार ४ सय, ५ हजार ८ सय ८८ वटा कार÷जिपलाई कारवाही गर्दा १७ लाख १० हजार ५ सय, १ हजार २९ वटा ट्याक्टर कारवाही हुदा ३ लाख १३ हजार ६ सय रुपैया राजश्व संकलन भएको पोखरान्युजडटकम सँग प्रमुख अर्यालले जनाए ।

फोटो फाइल सौर्य दैनिक -२०७२ वैशाख ३ गते ८:०२ 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस