पोखरा, २१ बैशाख –
लामो समय देखि धुलाम्मे रहेको पोखरा रंगशाला भित्रको सडक अन्ततः पिच हुने भएको छ । पोखरा उपमहानगर पालिका कार्यालय र जिल्ला खेलकुद विकास समिती कास्कीको संयुक्त लगानीमा रंगशालाको केहि भाग सडक पिच हुने भएको हो ।
उपमहानगर पालिकाले ८ लाख र जिल्ला खेलकुद विकास समिती कास्कीको २ लाख गरि कुल १० लाखमा रङ्गशालाको मुल गेट देखि कार्यालय भवन सम्मको १ सय १० मिटर वाटो पिच हुन लागेको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलका अनुसार मुल गेट देखि क्रिकेट मैदान सम्मको बाटो आ व २०७३÷७४ मा सम्पन्न गरिने जानकारी दिनु भएको छ । उक्त सडक निर्माणका लागि उपमहानगर पालिकाले थप १५ लाख दिने भएको छ भने बाँकी नपुग रकम राष्ट्रिय खेलकुद परिषदले दिने छ । हाल पिच हुन लागेको १ सय १० मिटर बाटोको बुधवार सिलान्यास गरिने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution