पोखरा रङ्गशालाको मुल सडकमा पिच हुने

  • पोखरा न्यूज
  • २०७३ बैशाख २२
Post Thumbnail

पोखरा, २२ बैशाख-
पोखरा रंगशालाको मुल सडकमा पिच हुने भएको छ । पोखरा उप–महानगरपालिका कार्यालय र जिल्ला खेलकुद विकास समिती कास्कीको संयुक्त लगानीमा रंगशालाको मुल सडकको १ सय १० मिटर लम्वाई पहिलो चरणमा पिच हुने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए ।

रङ्गशालाको मुल गेट देखि कार्यालय भवन सम्मको क्षेत्रमा पहिलो चरणमा हुन लागेको पिच सडकको बुधबार पोखरामा औपचारीक रुपमा पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले शिलन्यास गरे । कार्यक्रममा बोल्दै उनले आफु सह–सचिवमा बढुवा भए पनि पोखराको सिंगो खेलकुदको क्षेत्रलाई सहयोग गर्न आफु जाहाँ र जुन पदमा रहे पनि सहयोग गर्ने वचन दिएका छन । पोखरा रंगशालामा सवै प्रकारका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सक्ने बनाउन यहाँको सवै सरोकार निकायको समेत ध्यान जानु पर्ने बताए । पोखराको खेल पर्यटनको विकास गर्न पोखरामा विभिन्न खेलकुदका भौतिक संरचना संगै प्रतियोगिताहरु आयोजना हुनु पर्ने उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले धुलाम्मे भएको पोखरा रंगशालामा पिच सडक निमार्णसंगै मानव स्वास्थ्यमा फाईदा पुग्ने बताए । रंगशालाको मुल गेट देखि क्रिकेट मैदान सम्मको बाटो आ व २०७३÷७४ मा सम्पन्न गर्न आफुहरुले पनि विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्ने उनले बताए ।

पोखरा उप–महानगरपालिकाले ८ लाख र जिल्ला खेलकुद विकास समिती कास्कीको २ लाख गरि कुल १० लाखमा उक्त सडकमा पिच हुन लागेको समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । शिलन्यास कार्यक्रममा राखेपका सदस्य फक्त बहादुर गुरुङ, क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ लगायतको सहभागिता रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस