पोखरा २२, वैशाख-
एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ को प्रतियोगितामा १७ जना छनौट भएका छन । पोखरामा रहेको द लुक्स फेसन होमको आयोजनामा आउदो जेठ १५ गते हुने उक्त प्रतियोगिताको फाईनल चरणको लागि ३५ जनाबाट १७ जना छनौंट गरीएको होमका प्रवन्ध निर्देशक रविन्द्र बज्रचार्यले बताए ।
प्रतियोगितामा विजेता हुनेलाई पोखराको बगरमा रहेको ज्ञानु बाबा आवासिय उच्च माविले प्लस टु सम्मको निशुल्कः छात्रबृत्ति दिने भएको छ भने प्रतियोगिाताको मुख्य प्रायोजक मलेसियाको क्लारा ईन्टरनेश्नल कलेजबाट नेपालमा सम्वन्धन प्राप्त हङकङ हर्वल व्युटी ईन्स्टिच्यूट प्रालिले ६ महिने क्लारा कोर्ष निशुल्कः गराउने भएको छ । साथै विजेतालाई अन्य गिफ्ट ह्याम्पर दिने भएको छ । दोश्रो हुनेलाई ज्ञानुबाबाले ७५ प्रतिशत छुट र तेश्रो र दर्शक छनौटमा विजेता हुनेलाई ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ ।
पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा फाईनल प्रतियोगिता हुने भएको छ भने हाल प्रतियोगिहरुलाई विभिन्न व्यक्तित्वबाट प्रशिक्षण गराउन सुरु भएको प्रतियोगिताका संयोजक सौन्दर्यकर्मी पवि गुरुङले बताईन । कल्चर नेपाल २०१० का विजेता सुरक्षा गुरुङले कार्यक्रममा कोरीयो ग्राफिको भुमिका निभाउदै छन । प्रतियोगिता सम्पन्न गर्न करीब४ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
छनौट भएका प्रतियोहिरुमा कृपा गिरी, प्रमिला बास्तोला, दक्षिणा गोली, पे्रङका गुरुङ, साक्षी गुरुङ, मोनीका गुरुङ, सृष्टी गुरुङ, अन्जु क्षेत्री, कविता रेग्मी, स्वयता पराजुली, दिक्षा गुरुङ, आस्मा श्रेष्ठ, सुनयना श्रेष्ठ, निर्जला पुरी, फवि पाईजा, सोयना गुरुङ र निशा गुरुङ रहेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution