पोखरा २२, वैशाख-
गोर्खाको गुम्दा गाविसमा भूकम्प पिडित २ लाख रहात अनुदान सम्झौता सुरु भएको छ । केही दिन अघि बारपार्क र हंसपुर गाविसबाट सुरु भएको उक्त अनुदानको सम्झौता बुधबार गुम्दा गाविसमा पनि सुरु भएको छ ।
भूकम्प प्रभावित माया गुरुङ, द्धन्द पिडित विस माया गुरुङलाई गाविस सचिव हरी बहादुर भूजेलले संयुक्त रुपमा रहात अनुदानमा सम्झौता गरेका हुन । पुर्व प्रधानमन्त्री तथा एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहवरमा गुम्दा गाविसमा उक्त अनुदानको राहत सम्झौता भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी नयाँ निती तथा कार्यक्रममा सरकारले भूकम्प प्रभावितहरुको लागि छुट्टै प्याकेज ल्याउने तयारी गरेको बताए । पहिलो किस्तामा भूकम्प प्रभावितहरुलाई गाविसले ५० हजार दोश्रो चरणमा ८० हजार र तेश्रो चरणमा ७० हजार रुपैया दिने भएको छ । यसमा भुकम्प प्रभावितहरुले सरकारले तोकेको मापदण्डमा घर निमार्ण गर्ने पर्ने हुन्छ जुन घरहरु भूकम्प प्रतिरोधात्मक हुनेछन ।
गुम्दा गाविसमा हाल ६ सय ६४ घर घुरी मध्य गत वैशाखको भूकम्पमा परी सवै जसो घरहरु भत्केको गाविस सचिव भुजेलले बताए । उक्त गाविसमा भूकम्पमा परी ३६ जनाको मृत्यु भएको थियो । गोर्खाको लाप्राक, मुचोक र सौरपानी गाविसमा समेत बुधबार देखि उक्त राहत अनुदानको सम्झौता भएको बताईन्छ ।
फोटो फाइल : हफिंगपोस्ट
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution