बीमा अभिकर्ता संघ एलआइसी पोखरा शाखाद्धारा बृद्धाश्रममा फलफुल वितरण

  • पोखरा न्यूज
  • २०७३ बैशाख २५
बीमा अभिकर्ता संघ एलआइसी पोखरा शाखाद्धारा  बृद्धाश्रममा फलफुल वितरण

पोखरा, २४ बैशाख

 बीमा अभिकर्ता संघ नेपाल एलआइसी विमक संघ पोखरा शाखाले मातातृर्थ औशीको दिनमा आज सुक्रबार पोखरा बृद्धाश्रममा खाद्यान्य तथा फलफुल वितरण गरीएको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत नयाँ कार्यसमिति गठन भएको पहिलो बैठक पोखरा बृद्धाश्रममै बसि उक्त सामाग्रि सहयोग गरेको संघ पोखराका सचिव नविन घायलले बताए ।

एलआईसी विमक संघ पोखरा शाखाका अध्यक्ष रुक वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको खाद्यान्य तथा फलफुल वितरण कार्यक्रममा एलआईसी पोखरा शाखाका प्रमुख सोनबहादुर आले मगर, संघका केन्द्रीय सदस्य केदारनाथ अधिकारी,
केन्द्रीय सल्लाहकार दामोदर बस्यौला, विमक संघका बरिष्ठ उपाध्यक्ष लाल कुमार अधिकारी, एजेन्सी म्यानेजर ईन्द्र प्रसाद द्धवा, गोविन्द खड्का लगायतले आमाको मुख हेर्ने दिनमा बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुसंग भेटघाट गरी सहयोग गर्नु उत्तम कार्य भएको बताएका थिए ।

पोखरा बृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले विभिन्न दाताहरुको सहयोगले बृद्धाश्रम संचालन हुदै आएको बताए । संघको पहिलो बैठक समेत पोखरा बृद्धाश्रममा बसेको सचिव घायलले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस