पोखरा २४ बैशाख-
नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इकाई समितिमा सवीनराज लामिछानेको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । शुक्रवार नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमितिका अध्यक्ष नारायणप्रसाद बरालको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रामनाथ सापकोटा, सचिवमा चन्द्र प्रकाश कोइराला, सह–सचिवमा तारा बहादुर राई, कोषाध्यक्षमा अञ्जु आचार्य चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा पदमराज भट्ट, अञ्जु बराल, टंक शाही, गिता तिवारी, कृष्ण कोइराला, प्रमिला विष्ट, विनोद कुँवर रहनुभएको छ ।
सल्लाहकारहरुमा डा. गिरीधारी शर्मा, डा. ढाका कुमार श्रेष्ठ, डा. योगेन्द्र केसी र पशुपती महतो हुनुहुन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution