पोखरा, २३ बैशाख-
२६ बुँदे मागसहित संयुक्त राष्ट्रिय जनआन्दोलनकम सम्बद्ध २८ दल तथा विभिन्न मोर्चाहरुको आन्दोलन अन्र्तगत विहीवार तमुवानको राजधानी पोखरामा बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका वक्ताहरुले तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन गर्नुपर्ने जोड दिदै तत्काल संविधान पुर्नलेखन वा संशोधन गरी २६ बुँदे मागलाई सम्बोधन गर्न माग गरे । पहिचान र अधिकार सुनिश्चितता नभएको संविधान स्विकार नगर्ने उनीहरुको भनाई थियो ।कार्यक्रमका प्रमुख अतिथि तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले तमुवान सहितको पहिचान र अधिकार सुनिश्चितता भएको संविधान पुर्नलेखन नगरिए जबरजस्त जारी गरिएको जनैवादी संविधानको कुनै पनि हालतमा स्विकार नगर्ने बताउनुभयो । विगतमा बेग्ला बेग्लै मोर्चागत आन्दोलन गरिरहेको शक्तिहरु संघीय गठबन्धन निर्माण गरी २६ बुँदे मागसहित आन्दोलित छ, गठबन्धनको आन्दोलनलाई कमजोर ठान्नेहरु आफै समाप्त हुने चेतावनी दिनुभयो । प्रतिगामी संविधान, कालोबजारी, भ्रष्टचार, अनियमितताका विरुद्धमा आन्दोलनमा पहिचान पक्षधर, समानता, न्यायप्रेमी जनसमुदायको सहभागीताका लागि उहाँको आग्रह थियो ।
तमुवानका अगुवा गणेशमान गुरुङले संघीय गठबन्धन निर्माणका लागि तमुवानको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नुहुदै संविधान पुर्नलेखन गरी गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले तमुवान प्राप्ति नहुञ्जेल अधिकार प्राप्ती नहुने भएकोले तमुवानका पुर्व सैनिकले अधिकारका लागि सिहंदरबारमा परेड खेल्ने उद्घोष गर्नुभयो । उहाँले सरकार परिवर्तनको नाउँमा जोकरहरुले पालै पालो शासन गर्ने षडयन्त्र भईरहेको बताउनुभयो ।तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आदिवासी जनजातिका मुद्धा र अधिकारका लागि तमु धिं नेपाल जहिले पनि संघर्षरत रहेको बताउनुहुदै जारी संविधान अपुर्ण रहेकाले तमु, आदिवासी जनजाति, दलित, महिला, पिछडा वर्गको पुर्ण अधिकारका लागि आन्दोलनमा जुट्नुपर्ने बताउनुभयो । उहाँले अधिकार प्राप्तिका लागि काठमाडौं जाऔं अभियानमा सम्पुर्ण पहिचान, अधिकार पक्षधर जनताको सहभागिताका लागि आग्रह गर्नुभयो । अधिकारको लागि लडौं, बोलौं, नसके लड्ने बोल्नेहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
पुर्व सैनिक तथा प्रहरी महासंघका केन्द्रीय उपाध्यक्ष क्याप्टेन मेकबहादुर गुरुङले फास्ट ट्राकमा नाउँमा केही नेता र पार्टीको स्वार्थमा जारी गरिएको संविधान आफुहरुलाई स्विकार नभएको बताउनुभयो । तमुवान विनाको संविधानलाइ अन्र्तराष्ट्रिय जगतले पनि त्रुटिपुर्ण संविधानको संज्ञा दिइरहेको बताउनुहुदै अधिकार सुनिश्चित भएको संविधानका लागि आफुहरुले सिंहदरबारमा परेड खेल्ने चेतावनी दिनुभयो ।अखिल नेपाल आदिवासी जनजाति महासंघका नेता भिमबहादुर श्रीसले प्रतिगामी संविधान स्विकार गर्नु भनेको दासत्व स्विकार गर्नु हो भन्नुहुदै विगतदेखि अर्काका झोला बोकेका आदिवासी जनजातिहरु आफ्नो सुनिश्चितताका लागि आन्दोलित हुनुपर्ने बताउनुभयो ।दलित(शिल्पी) अधिकारकर्मी राम सिकेले जारी गरिएको संविधान ब्राम्हणबादलाई संरकत्व प्रदान गरिहेको आरोप लगाउनुहुदै जनैबादका विरुद, पहिचान, अधिकार, स्वाभिमानका लागि आन्दोलनमा जुट्नुपर्ने बताउनुभयो ।
तामसालिङ आन्दोलनका सल्लाहकार धनप्रसाद तामाङले पहिचानको सुनिश्चितता, पुर्ण समानुपातिक प्रतिनिधीत्वको ग्यारेण्टी विना आदिवासी जनजातिले अधिकार प्राप्ति नगर्ने भएकाले आन्दोलित हुन आग्रह गर्नुभयो । दया, माया होइन, अधिकार आन्दोलनबाटै स्थापित गर्ने उहाँको चेतावनी थियो ।संघीय गठबन्धनमा आवद्ध संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दिपक तामाङको अध्यक्षतामा तमु धिं नेपालमा भएको कार्यक्रममा संघीय जनमुक्ति पार्टी कास्कीका उपाध्यक्ष केवी थापाले स्वागत र तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले कार्यक्रम संचालन गर्नुभएको थियो ।यसैविच जेठ १ गते काठमाडौं जाऔं, सिंहदरबार घेरौं आन्दोलनमा सहभागी हुन तमुवानबाट एक सय बस काठमाडौं जाने तमुवान संयुक्त संघर्ष समितिले तयारी गरेको छ ।
अधिकारको आन्दोलनमा विभिन्न आन्दोलनरत मोर्चा, समुदाय, दलहरुलाई सिंहदरबार घेराउ कार्यक्रममा बृहत सहभागीता गराउने तयारीमा जुटेको तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले बताउनुभयो ।