पोखरा २६ पोखरा –
नयाँ शक्ति नेपालको युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरामा सुरु गरेको ग्रिन पोखरा क्लिन पोखरा अभियानको श्रृँखला शनिबार सम्पन्न गरेको छ । नयाँ शक्तिका नेता कार्यकर्ताहरु पोखराको ट्याक्सीचोकबाट बिन्दबासीनि सम्मको भाग सरसफाई गरेका थिए ।
बिहान आठबजेबाट सुरु भएको सरसफाई कार्यक्रममा सहभागीहरुले केहि नबोलीकन सरसफाईको काम थालनी गरेपछि स्थानिय बासिन्दाहरु चकित परेका थिए । राष्ट्रिय युवा अभियानको व्यानरमा भएको सरफाईमा कोहि कसैले पनि भाषण गरेन बरु सबैले हातमा सेतो पञ्जा लगाए । फोहोरको थुप्रो भएतिर गएर सावेलले फोहोर उठाउदै डोकोमा हालेका थिए । फोहोर गाडी देखेपछि फोहोर फाल्न भनेर पोकाका पोका फोहोर लिएर निस्कीएका स्थानिय बासिन्दाहरु आफ्नो टोलको फोहोर अरुले उठाएको देख्दा आश्चार्यचकित भएका थिए ।
सरसफाई कार्यक्रममा सहभागी नयाँ शक्तिको नेता कार्यकर्ताले फोहोर सफा गर्दै स्थानिय बासिन्दाहरुलाई जताभावी फोहोर नफाल्न आग्रह समेत गरेका थिए । सरसफाई प्रचार कमाउनको लागी गरिएको त हैन भन्ने हाम्रो प्रश्नमा राष्ट्रिय युवा अभियान कास्की संयोजक रेमश योगीले भने –‘प्रचारका लागि अरु कुनै काम पनि त गर्न सकिन्थ्यो होला,सर्कस नै देखाए पनि दुईचार सय मान्छे त जम्मा भै हाल्थे नि हामीले राजनीतिलाई समाज सेवासँग जोडौँ भनेर सरसफाई अभियान थालेका हौँ ।
’ कार्यक्रमको अन्त्यमा बोल्दै ग्रिन पोखरा क्लि पोखरा अभियानका संयोजक देब क्षेत्रीले अर्को हप्ताको कार्यक्रम लेखनाथमा हुने जानकारी गराउँदै कार्यक्रमको समापन गरेका थिए । काम दुईघण्टाको भाषण दुई मिनेटको
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution