पोखरा, २५ बैशाख –
पोखराको डिहीकोपाटनमा शनिबार ट्याक्सी र स्कुटर दुर्घटना हुदा एक जना युवती गम्भीर घाइते भएकी छन । हल्लनचोक बाट पृथ्वीचोक आउदै गरेको ग१ज ३३३२ को ट्याक्सी र बिपरित दिशाबाट आएको ग९प ८००७ को स्कुटर एक आपसमा ठोक्किदा स्कुटरमा सवार युवती घाइते भएकी हुन। घम्भिर घाइते युवतीलाई ट्याक्सीमा राखी अस्पताल तर्फ लगिएको छ ।
दुर्घटना भएको मिनेट भित्रै स्कुटरमा सवार युबकले घाइते युवतीलाई नजिकै रहेको अर्को ट्याक्सीमा राखी अस्पताल तर्फ लगेका छन् । उक्त स्कुटरमा सवार युबक भने सामान्य घाइते भएका छन ।
अपडेट
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख गजुरसिद्धि बज्राचार्यका अनुसार गम्भीर घाइते हुनेमा पोखरा वडा नं १० कि बर्ष २० कि रोशनी गुरुङ रहेकी छिन भने अर्का पोखरा २५ का रञ्जित गुरुङ रहेका छन् । रोशनीको अहिले मेट्रोसिटी हस्पिटल मा उपचार भइरहेको र अहिलेसम्म होसमा नआएको बज्राचार्यले पोखरान्युजडटकम लाइ बताए । उनका अनुसार घाइते युवतीले नै स्कुटर चलाएकी थिईन । तर स्थानीयले भने स्कूटर युवकले चलाएको बताएका थिए ।
अपडेट
साझ पौने ८ बजे सम्मको स्थितिमा घाइते होसमा नआइसकेको तर अवस्थामा भने पहिलाभन्दा केहि सुधार आएको बज्राचार्यले पोखरान्युजडटकम लाइ बताएका छन् । दुर्घटना साझ ५ बजेर १० मिनेट जादा भएको थियो ।








ghaiteko shighra swastha labha ko kamana