साउथ एसियन गेम्समा कास्य पदक विजेता गुरुङलाई पोखरामा सम्मान

  • पोखरा न्यूज
  • २०७३ बैशाख २५
साउथ एसियन गेम्समा कास्य पदक विजेता गुरुङलाई पोखरामा सम्मान

पोखरा २५, वैशाख –
हालै पाकिस्तानको लाहुरमा सम्पन्न भएको साउथ एसियन गेम्समा कास्य पदक विजेता वडी विल्डर सुरेस गुरुङलाई पोखरामा सम्मान गरीएको छ । खेलाडीबाट खेलाडी सम्मान ” भन्ने नाराका साथ पोखराको नदीपुरमा रहेको गण्डकी वडी विल्डीङ (जिम) का खेलाडीहरुको टिमले शनिबार पोखरामा एक समारोहका विच गुरुङलाई नगद सहित सम्मान गरेको हो । सम्मानको साथमा उनलाइ नगद १० हजार समेत प्रदान गरीएको थियो ।

सम्मान समरोहका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पोखरा उप–महानगरपालीका कार्यालयका बरिष्ठ कानुनि अधिकृत नारायण शर्मा, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, समितिका कार्यालय प्रमुख प्रकाश बराल, वुल्स क्लवका उपाध्यक्ष ल्यास गुरुङ, लिड्स एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राजेश जोशी, खेलाडी मौलादीन मिया, गण्डकी वडी विल्डीङ जिम हाउसका अध्यक्ष जिवन घिमिरे लगायतले सम्मान पत्रको साथमा खादा तथा अविर लगायर खेलाडी गुरुङलाई सम्मान गरेका हुन । राष्ट्रिय, क्षेत्रिय स्तरका करीब १४ वटा प्रतियोगितामा सुरेसले सहभागि जनाउदै ९ वटा प्रतियोगितामा प्रथम हुन सफल भएकाछन भने अन्यमा दोश्रो र तेश्रो हुन सफल खेलाडी हुन । एक दशक भन्दा लामो समय यस खेलमा विताउदा आफ्नै खेलाडीहरुबाट सम्मान पाएकोमा खुसि व्यक्त गर्दै गुरुङले आगामी दिनमा देश र राष्ट्रको नाम उचो राख्ने गरी खेल खेल्ने बताए । उनले भने “अन्य खेलमा भन्दा यस वडी विल्डीङमा बढी मेहनत गर्नु पर्दछ, लगभग साधना गरेजस्तै गर्नु पर्दछ, यस्ता सम्मान कार्यक्रममले हामीलाई धेरै हौसला मिल्छ । ”

क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नेपालको कुल बजेटको एक प्रतिशत मात्र खेलकुदमा छुट्टाउन सके नेपाली खेलकुदले धेरै फट्को मार्ने दाबी गरे । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले रंगशाला भित्र पुगे पछि आफुले कुनै राजनीति नगर्ने तर गेट बाहिर निस्केसि आफु आफुनो पार्टी प्रति वफादार हुने जनाए । नेपाल खेलकसद पत्रकार मञ्च कास्कीका का.वा. अध्यक्ष सन्देस श्रेष्ठले मञ्च कास्कीले यही जेठ १ गते पोखरामा पोखरा स्पोर्टस् अवार्ड खेलाडी तथा प्रशिक्षकहरुको हौसला बढाउन गर्न लागिएको जनाए । खेलाडीहरुको हौसला बढाउनको लागि आफुहरुले खेलाडी सम्मान गर्न सूरुवात गरेको खेलाडी प्रकाश पौडेलले जनाए । हालसम्म गण्डकी वडी विल्डीङ (जिम) हाउसमा आवद्ध भएका जिम हाउसका संचालक जिवन घिमिरे, अरुण मुखिया र सागर साहले दक्षिण एसियाली खेलमा कास्य पदक दिलाउन सफल भएका खेलाडीहरु हुन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस