रामबजार ट्याक्सी इकाइको आगलागी पीडितलाई सहयोग

पोखरा, २६ बैशाख-
स्याङ्जाको मनकामना गा.वि.स.वडा नं.७ लामडाँडामा गत बैशाख १८ गते भएको आगलागीको घटनामा पीडितहरुलाई रामबजार ट्याक्सी इकाई समिति पोखरा १०,१५ रामबजारले आर्थिक सहयोग गरेको छ ।

रामबजार ट्याक्सी इकाई समिति मातहतका सदस्यहरुबाट संकलित रकम रु.३८ हजार ८ सय ८० रुपैयाँ इकाई संयोजक सुरेश थापाको नेतृत्वमा घटनास्थलमा पुगी उक्त रकम हस्तान्तरण गरिएको इकाईका सचिव टुक बहादुर सिंजालीले जानकारी दिनुभयो ।कार्यसमिति पदाधिकारीहरु सहित २५ जनाको टोलीले घटनास्थलमा पुगी आगलागी पीडित सरोकार समितिका सचिव धन बहादुर थापालाई उक्त सहयोग एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा आगलागी पीडित सरोकार समितिका सचिव धन बहादुर थापा र आमा समूहका संयोजक श्रीमती किस्मती गुरुङ्गबाट आगलागी घटनाको बारेमा जानकारी लिनुका साथै इकाईका निवर्तमान कोषाध्यक्ष झगविर थापा, बरिष्ठ सल्लाहकार तथा अखिल नेपाल यातायात मजदुर संघ कास्कीका सदस्य थम बहादुर सेन, ट्याक्सी व्यवसाय समितिका दुर्घटना समिति सदस्य निलकण्ठ सुवेदी लगायतले आगलागी पीडितहरुलाई सहानुभूति प्रकट गर्दै मन्तव्य व्यक्त गरेका थिए ।

आगलागीबाट मनकामना गाविस वडा नंं.७, लामडाँडाका २० घर, १९ गोठ लगायत सम्पूर्ण जलेर नष्ट भएको थियो । उक्त घटनामा मानवीय क्षति नभएको आगलागी पीडित सरोकार समितिका सचिव धन बहाुदर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button