जयशान्ति प्रकृति कर्मस्थल भवन २६ लाखमा निमार्ण

पोखरा, २७ वैशाख-

जग्गा सहित भवन निमार्ण कार्यमा स्थानीयहरुले सहयोग जुटेका कारणले ३ बर्षमै पोखरा ३ नदिपुरमा जयशान्ति प्रकृति कर्मस्थल भवन निमार्ण गरीएको छ । २०६९ सालदेखि निर्माण सुरु भएको उक्त भवन निमार्ण गर्न २६ लाखमा आर्थिक सहयोग स्थानीय स्तरबाटै संकलन भएको हो । करीब ४ आना जग्गा दान गरेका स्थानीय समाजसेवी जयराम हमाल र शान्ति हमालले उक्त भवन निमार्णको लागि जग्गा दिएकोमा सोमबार उक्त ३ कोठे पक्की भवनको समुद्घाटनको अवसरमा हमाल परिवारलाई सम्मान गरीएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

अर्थ संकलक भुपालजंग कुँवरले १ सय ९६ जनाले पाँच सय देखि चार लाख ५० हजारसम्म प्रदान गरेको रकमले नै उक्त भौतिक संरचना भएको बताए । स्व. बुबा सुब्बा कृष्ण बहादुर घले र आमा तारा कुमारी घलेको स्मृतिमा सहायक रथी अरुण घलेले चार लाख ५० हजार, आमा खोमकुमारी हमालको सम्मानमा छोरा जयराम हमाल र बुहारी शान्ति हमालले दुई लाख ५२ हजार, स्व. श्रीमान् डा. प्रकाश तुलाचनको स्मृतिमा श्रीमती रुद्रदेवी तुलाचनले दुई लाख ५२ हजार, स्व. हजुरबुबा आत्माराम पराजुली र बुबा वृहस्पति पराजुलीको स्मृतिमा डा. रामजीप्रसाद पराजुलीले एक लाख ५० हजार प्रदान गरेका थिए । उनीहरुको नाममा सभाहल र कक्षहरु रहेका छन् । साथै उनीहरुलाई उक्त अवसरमा सम्मान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिद्वय समाजसेवी रुद्रदेवी तुलाचन र खोमकुमारी हमालले उक्त भवनको उद्घाटन गर्दै भवनको संरक्षणमा स्थानीय बासिलाई ध्यान दिन आग्रह गरे । विभिन्न समुदायका व्यक्तिहरुलाई कर्महरु, किरियापुत्रीका लागि खान बस्न, सभा समारोह गर्न भवन उपयोगी हुने बताउँदै यसको निर्माण कार्यमा जुट्ने पति धन्यवाद दिए ।स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले शहर बजारमा पनि यस्तो प्रकृतिको धार्मिक महत्व बोकेको भवनले धेरै समुदायलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे । समाजसेवी जयराम हमालले समाजका लागि केहि गर्ने अभिप्रायका साथ आफुले सकेको थोरै जग्गा दान गर्दा आज समुदायका धेरै जनालाई फाईदा पुग्ने भएकोले आफुलाई हाल ज्यादै खुसि लगोको बताए ।

समितिका अध्यक्ष नुरबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका दिलिप गिरी, नेकपा एमालेका तर्फबाट शशीधर पराजुली, वडा नागरिक मञ्चका मेजर चन्द्रबहादुर पुन, सचिव अर्जुन पराजुली समाजका हरेक कार्यमा यसरी नै जुट्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button