इलेक्ट्रिसियन क्लवबाट टेक्नोजर्नल प्रकाशन

  • पोखरा न्यूज
  • २०७३ बैशाख २८
Post Thumbnail

पोखरा, २७ बैशाख-

आम समुदायलाई इलेक्ट्रिसियन सम्बन्धी सुसूचित गराउने उद्देश्यले पोखरा इलेक्ट्रिसियन क्लवद्वारा चौमासिक पत्रिका टेक्नोजर्नलको शुरुवात गरिएको छ सो पत्रिकाको विमोचन नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले सबै कार्य संचालनका लागि इलेक्ट्रिक आवश्यक भएकोले विद्यूत्कौसही खपत गर्न सके स्वदेशी पुँजीको बचत हुने बताए ।

कार्यक्रममा क्लवको संरक्षक संस्था पोखरा उद्योग बाणिज्य संघका अध्इष विन्दु कुमार थापाले पेशागत दक्षता, क्षमता अभिवृद्धिका लागि पत्रिकाले महत्वपूर्ण भूमिका खेल्ने बताए । क्लवका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख डा.बसन्त गौतम, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, पूर्व अध्यक्ष बाबुराम गिरी, इलेक्ट्रिकल्स एशोसिएशनका अध्यक्ष प्रेम बहादुर जिसी, पत्रकारद्वय कृष्ण थापा, कमल पौडेल अथक, इन्जिनियर तथा पत्रिकाका संयोजक राजेन्द्र ढकाल, इन्जिनियर सरोज बराल लगायतले पत्रिकाको माध्यमले आम समुदायलाई सचेत गराउने धारणा राखेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस