ट्राफिक सप्ताहको अवसरमा समुदायमा सडक सुरक्षा तालिम

  • पोखरा न्यूज
  • २०७३ बैशाख २८
Post Thumbnail

पोखरा, २७ बैशाख-
विश्व वातावरण दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा ८ मे २०१६ देखि पोखरामा सप्ताहब्यापी ट्राफिक सप्ताह मनाइरहेको अवस्थामा उपशाखा १०,११ को सभाहलमा एक कार्यक्रम गरी समुदायमा १ दिने सडक सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।

तालिममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख खेमराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्र.ना.नि.राजेन्द्र कार्की, प्र.ज.लोक बहादुर जिसीले श्री ३ चन्द्र शम्शेरको पालनामा बाइरोडको बाटो हुँदै १९५८ सालमा मोटरलाई नेपाली सेनाका जवानहरुले बोकेर नदीपार गरेको चित्र देखाउँदै आज २०७२ सालमा गाडीमा चढ्नेको संख्या बृद्धि भई ओभरलोड बोकेको दृश्य देखाउँदै हिजो र आजको फरकको विषयमा प्रशिक्षण दिनुहुँदै ट्राफिशियाको नामबाट संशोधन भई ट्राफिक भएको बताउँदै एक ठाउँबाट अर्को ठाउँमा लैजाने कामलाई ट्राफिक भन्ने गरेको र ट्राफिकले सवारी साधनलाई नियन्त्रणमा राख्ने बताउनु हुँदै मानिसले पनि सवारी चलेका बेला जथाभवी सडक नकाट्ने, चढ्दा र ओर्लदा समेत व्यवस्थित तरिकाले चढ्ने र झर्ने, सडक काट्दा दायाबाया हेरी काट्ने, सडकमा नखेल्ने र सडक क्रस गर्नुपर्दा जेब्राक्रसिङ्गबाट मात्रै काट्ने गरेमा पनि ५० प्रतिशत दुर्घटना कम हुने बताउनुभएको थियो ।

हाल नेपालमा ट्याक्टर, टेम्पो २%, ट्रक ११% दुर्घटना हुनेछ भने तिव्र गति, लापरवाही, मापसे, ओभरटेक तथा आन्तरिक कारणले पनि दुर्घटना हुने जानकारी १७–३५ उमेरका मानिस बढी दुर्घटना हुने बताउनुभएको थियो । सडक सुरक्षा तालिममा खेमराज सापकोटाले दुर्घटना भैसकेपछि पनि विरामीको सेवा र उपचारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।सडक दुर्घटना समुदायमा ट्राफिक सुरक्षा तालिममा वडा नं.१० भित्रका करीब ६० जनाको सहभातिगा रहेको उक्त तालिमले भविष्यमा आइपर्ने सडक दुर्घटना न्यून गराउँदै लैजाने बताइएको उक्ततालिममा पोखरा १४ उपशाखाका सचिव पदम बहादुर कार्की, रामघाट आमा समूहका अध्यक्ष अनिता तिमिल्सिना, गीता शान्ति मार्ग आमा समूहका अध्यक्ष निर्मला कार्की भण्डारी, संकल्प आमा समूहका अध्यक्ष गोमा रायमाझी, हिमाल आमा समूहका अध्यक्ष तारा सापकोटा लगायतको उपस्थिति रहेको तालिममा उपशाखा १०, ११ को अगुवाईमा ५ दिनसम्म अमरसिंहचोकमा बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म सवारी साधनदेखि पैदल यात्रीहरुलाई ट्रापिक नियम पालना गर्न लगाउने व्यवस्था गयरएको विपत व्यवस्थापन समिति संयोजक रिता आचार्यले जानकारी दिनुभयो ।

उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा सहसचिव कलावती शर्माले स्वागत र सचिव सूर्य बहादुर बानियाले तालिमको संचालन गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस