लेखनाथ,२९ बैशाख-
एलआईसी नेपाल पोखरा शाखा र पेशागत वीमा अभिकर्ता संघ पोखरा शाखाको संयुक्त आयोजनामा पोखरा बसपार्कमा रहेको सहारा बाल निमावीलाई शैक्षीक सामाग्री सहयोग गरेको छ।
भुकम्प गएको एक वर्षको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक बिकासमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री र खेलकुदका सामाग्री सहयोग गरेको हो ।सहयोग सामाग्री वितरण गर्दै एलआईसी नेपाल पोखरा साखाका साखा प्रमुख सोनबहादुर आले मगरले विद्यार्थीहरुको शैक्षिक विकासमा पाष्ठय सामाग्री र खेलकुदका सामाग्रीले थप सहयोग पुग्ने विचार राखेका थिए।





