बैशाख २९,पोखरा-
अपाङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धति समाज नेपालको संयुक्त आयोजनामा आउँदो जेष्ठको पहिलो साता पोखरामा चौथो राष्ट्रिय हिृवल चियर बास्केटबल प्रतियोगिता हुने भएको छ । ‘अपाङ्गता भएका युवाहरुलाई खेलुकद’ भन्ने नाराका साथ पोखरा रंगशालामा जेष्ठ ६ र ७ गते हुने दुईदिने प्रतियोगितामा काठमाण्डौका ४ र कास्कीका २ गरि ६ टिमको सहभागिता रहेन बताइएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समुहले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि हाइ स्कोरर र उत्कृष्ट खेलाडीलाई पनि ट्रफि पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक भरतविक्रम बानियाँले जानकारी दिए । पोखरा उपमपा र जिल्ला विकास समिति कास्की मुख्य सहयोगी रहेको प्रतियोगिता सम्पन्न गर्न झण्डै साढे २ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution