रोटरी अन्नपूर्णद्वारा सराङ्गकोट र गोरखामा सहयोग

पोखरा, २९ बैशाख-
रोटरी क्लव अफ पोखरा अन्नपूर्ण र दक्षिण कोरियाको रोटरी क्लव अफ याङ्गजुको मितेरी सम्वन्धको मितेरी उपहार स्वरुप पोखरा उपमहानगरपालिका वडा नं. २६ सराङ्गकोट स्थित गोठादीमा झण्डै १ सय ५५ मिटर तलवाट पानी वोरिङ्ग गरि वितरण गरिएको र गोरखा जिल्लाको वकुवा गा.वि.स. वडा नं. ३ खान्चोक स्थित २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त भएको श्री चामुण्डा प्राथमिक विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । दुई संस्थाबीच २०१३÷१४ मितेरी सम्बन्ध भएको थियो ।

सराङ्गकोट खानेपानी आयोजनाले सो क्षेत्रका झण्डै ६ सय परिवार लाभान्वित हुने गरी खानेपानी सेवा उपलव्ध गराएको छ भने सो कार्यक्रमबाट हाल १४६ परिवारलाई वितरण गरिएको छ ।उक्त परियोजनाको कुल लागत ६४ हजार ५ सय अमेरिकी डलर रहेको छ भने उक्त रकम रोटरी क्लव अफ पोखरा अन्नपूर्ण, दक्षिण कोरियाको रोटरी क्लव अफ याङ्गजु, रोटरी नेपाल डिष्ट्रिक्ट ३२९२, दक्षिण कोरियाको रोटरी डिष्ट्रिक्ट ३६९०, र रोटरी ईन्टरनेशनल ग्लोवल ग्रान्टवाट प्राप्त भएको हो ।परियोजनाको समुद्घाटन कार्यक्रम २०७३ साल वैशाख २५ गतेका दिन सोही स्थानमा आयोजित विशेष समारोहमा गरियो । सो आयोजनाको समुद्घाटन दक्षिण कोरियाको रोटरी डिष्ट्रिक्ट ३६९० का गभर्नर प्क्ष्ी प्ध्ब्ल्न्क्ग्ए, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो. कल्याण कर्माचार्य, रोटरी क्लव अफ याङ्गजुका अध्यक्ष रो. ल्ब् व्इल्न्ःइइप् र पोखरा उपमहानगर पालिकाका वरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले संयुक्त रुपमा गर्नु भएको थियो ।

यसै गरी रोटरी क्लव अफ पोखरा अन्नपूर्ण र रोटरी क्लव अफ याङ्गजुको संयुक्त प्रयासमा रु २५ लाखको लागतमा गोरखा जिल्लाको वकुवा गा.वि.स. वडा नं. ३ खान्चोक स्थित २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त भएको श्री चामुण्डा प्राथमिक विद्यालयको भवन निर्माण कार्य सम्पन्न गरि मिति २०७३ वैशाख २६ गतेका दिन सोहि स्थानमा आयोजित समारोहमा समुदघाटन कार्य सुसम्पन्न गरिएको छ ।सो विद्यालयको समुद्घाटन दक्षिण कोरियाको रोटरी डिष्ट्रिक्ट ३६९० का गभर्नर प्क्ष्ी प्ध्ब्ल्न्क्ग्ए, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो. कल्याण कर्माचार्य, रोटरी क्लव अफ याङ्गजुका अध्यक्ष रो. ल्ब् व्इल्न्ःइइप् ले संयुक्त रुपमा गरि सो विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

यी दुवै परियोजनाको निरिक्षण एवं समुद्घाटन कार्यको लागि दक्षिण कोरियावाट १२ जना रोटरीयनहरुको टोली पोखरा आएका थिए । दुवै परियोजनाको संयोजक रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट कमिटि चेयरमेन रो. रोश वहादुर गुरुङ्ग रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button