टिकेट काट्नमा दक्ष बनाउनका लागि टिकेटिङ तालिम सुरु

पोखरा, ३१ बैशाख –

पोखराका विभिन्न ट्राभल एजेन्सीमा कार्यरत जनशक्तिलाई टिकेट काट्नमा दक्ष बनाउनका लागि टिकेटिङ तालिम दिन थालिएको छ । विभिन्न मुलुकका जाने यात्रुको हवाइजहाज र रेलको टिकट काट्दा अपनाउनुपर्ने सावधानी र तरिकाबारे जानकारि दिन प्रशिक्षण आयोजना गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

टिकेटिङ प्रविधिलाई आधुनिकिकरण गर्दै व्यबस्थित गर्न तथा सर्वसुलभ तरिकाबाट काम गराउने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चाल क्षेत्रीय संघको आयोजना एवं सेबर नेपाल र ट्रकिस एयरलाईन्सको सहयोगमा तीनदिने प्रशिक्षण आयोजना गरिएको हो । शुक्रबारबाट शुरु भएको प्रशिक्षणमा पोखका विभिन्न ट्राभल एजेन्सीका ३२ जना सहभागि छन् ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका सचिव ऋषिराम पौडेलको संयोजकत्वमा भएको तालिमका सहभागिले आगामि दिनमा झनै प्रभावकारी हुनेगरि प्रशिक्षणका कार्यक्रम ल्याउनुपर्ने बताए । संघका प्रथम उपाध्यक्ष हर्कबहादुर गुरुङले प्रविधिमैत्री हुँदै जानुपर्ने आवश्यकता रहेको बताए ।

संघका द्वितीय उपाध्यक्ष सञ्जयकान्त सिग्देलले प्रविधि अंगाल्न सकेको खण्डमा कुनैपनि काम सहज हुने बताए । प्रविधिले फड्को मारेको अबस्थामा सबैले ज्ञान लिनु जरुरी रहेको उनले बताए । तालिम पूर्व टर्किस एयलाईन्स र सेबर नेपालको बारेमा टर्किस एयरलाईन्सका अब्दुल्ला टन्सर केसीसी र निर्जल बज्राचार्य एवं सेबर नेपालका महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button