तमु सांस्कृतिक प्रतिष्ठानबाट भुकम्प पिडितलाई सहयोग

पोखरा, ०१ जेठ –

सामाजिक कृयाकलापमा कुयाशिल तमु सांस्कृतिक प्रतिष्ठानले गत वर्षका भुकम्प पिडित एक परिवारलाई राहत प्रदान गरेको छ । कास्की पुम्दी भुम्दी लामे डाँडाका देव वहादुर गुरुङलाई प्रतिष्ठानले नयाँ घर निर्माण गर्न नगद तथा जस्ता पाता प्रदान गरेको हो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

प्रतिष्ठानले प्रदान गरेको गरिव तथा जेहेन्दार विद्यार्थी  छात्रवृती रकम बाट अध्ययन गर्दै आएका देव वहादुरका छोरा जित गुरुङको घर पूर्ण रुपमा क्षती भए पछि प्रतिष्ठानको पहलमा घर निर्माण गर्न सहयोग प्रदान गरिएको अध्यक्ष चिज काजी गुरुङले वताउनुभयो । उहाँले भन्नुभयो ‘घर नै नभए पछि कहाँ वसेर पढ भन्ने ? हामीले पहल थाल्यौं घर निर्माणका लागि जुन अव पुरा हुने चरणमा छ ।’भुकम्प पिडित देव वहादुरले यति वेला आफ्नो बसाईलाई पुम्दी भुम्दी बाट सराङकोट घाँटी छिना सारेका छन । जहाँ उनको नयाँ घर निर्माणको अन्तिम चरणमा पुगेको छ । उनले सवैको सहयोगमा करिव ६ लाखको लागतमा घर निर्माण गर्दै छन । वर्षा सुरुहुन थालि सक्यो त्यही भएर पनि अलि चटारो छ उनलाई यतिखेर आफ्नो घर वनाउन । प्रतिष्ठानले उनको परिवारलाई ठूलो गुन लगाएको उनले वताए । ‘तिन छोरा मध्येका माइला छोरा जितको पढाई राम्रो रहेको र प्रतिष्ठानले छात्रवृती प्रदान गरेको थियो तर उसकै कारणले घर वनाउन पनि ठूलो सहयोग गरेको’ छ उनले भने ।

घर निर्माणका लागि प्रतिष्ठानका लक्ष्मी गुरुङ, रुद्र कुमारी गुरुङ, हिरा देवी गुरुङले पहल गरेका थिए । प्रतिष्ठानले स्वदेश तथा विदेश वाट उठेको १ लाख ६३ हजार र तिन वण्डल जस्ता पाता प्रदान गरेको छ । तमु सांस्कृतिक प्रतिष्ठानको गरिव तथा जेहेन्दार छात्र वृती अन्र्तगत हाल नेपाल भरिका कक्षा, ८,९ र १० का ५८ जना तमु विद्यार्थीहरुलाई वार्षिक १० हजार क्षात्रवृती प्रदान गर्दै आइरहेको सचिव भेष गुरुङले जानकारी दिए । यसका लागि प्रतिष्ठानले कोष वनाएको छ जसमा ७५ लाख रहेको छ । कोषका लागि हालै मात्र तमु धिं जापानले २ लाख ५० हजार प्रदान गरेको छ भने एन.आर.एनका अध्यक्ष शेष घलेले ५ लाख प्रदान गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button