नेपाली काँग्रेस घाचोकमा पार्टी सुदृढिकरण एवं भातृ संगठन विस्तार

पोखरा, १ जेठ –

नेपाली काँग्रेस घाचोक गाउँ ईकाई समितिले भातृ संगठन विस्तार एवं पार्टी सुदृढिकरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । शनिवार घाचोक गाविसमा भएको पार्टी प्रवेश तथा संगठन निर्माण कार्यक्रममा वोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपाली काँग्रेस संगठन बलियो बनाउने नै गाउँ समितिले हो भन्दै घाचोक गाउँ समिति पार्टीकोलागि नमुना संगठन वन्न आग्रह गरे ।

इकाई सभापति वेलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ४ कास्कीका सभापति पोषनाथ शर्माले स्थानीय निकायको निर्वाचनमा नेपाली काँगे्रसको जित सुनिस्चित भएको दावी गरे । कार्यक्रममा जिल्ला सदस्य भोजबहादुर गुरुङ(सिकन्दर), जिल्ला सदस्य एवं पूर्व पार्टी सचिव युवराज कुँवर, अम्वरबहादुर कार्की(अनिल), महिला संघकी सभापति खिमकुमारी गुरुङ, उपाध्यक्ष दुर्गादत्त लम्साल, सहसचिव पवित्रा कुँवर, सदस्य लक्ष्मी लम्साल, टेकनशोभा गुरुङ लगायतले पार्टीले आफ्नो प्रचार गर्न नसक्दा कमजोरी भईरहेको बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य गाउँ इकाईका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले व्यक्त गरेका थिए भने इकाई सदस्य मौसम कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

gachok 2

सो कार्यक्रमा विभिन्न पार्टी परित्याग गरी रामप्रसाद भण्डारी, दानबहादुर नेपाली, पार्वती लम्साल, विद्यबहादुर परियार लगायतको नेतृत्वमा ५२ जना युवा युवतीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशी कार्यकर्तालाई पार्टी सभापति केसीले अविर र नयाँ सदस्यता प्रदानगरी प्रवेश गराएको घाचोक गाउँ इकाईका सदस्य विजय लम्सालले जानकारी दिए ।

कार्यक्रम सञ्चालन सहसचिव घनश्याम लम्सालले गरेका थिए । भेलामा गठन भूपू सैनिक संघमा भिमबहादुर गर्वुजा मगरको अध्यक्षतमा ७ सदस्य समिति, किसान संघमा देविलाल शर्मा लम्सालको अध्यक्षतामा ९ सदस्य, अपाङ्ग संघमा हरिवहादुर नेपालीको अध्यक्षतामा ७ सदस्य, महिला संघमा वालकुमारी लम्सालको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन समेत गरिएको घाचोक गाउँ समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button