ट्राफिक सप्ताहमा उपशाखा १०, ११ को सहभागिता

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १
ट्राफिक सप्ताहमा उपशाखा १०, ११ को सहभागिता

पोखरा, १ जेठ –

विश्व वातावरण दिवस मे ८ २०१६ मा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आह्वान र आयोजनामा पोखरा क्षेत्रमा ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी मनाईरहेको अवस्थामा उपशाखा १०, ११ ले आफ्नो क्षेत्र अमरसिंहचोकको पृथ्वी राजमार्गमा पैदल यात्रीहरुलाई जेब्राक्रसिङबाट बाटो काट्ने अवस्थामा भोलिन्टियर गरी ट्राफिक सप्ताह सम्पन्न गरेका छन् ।

ट्राफिक सप्ताह कार्यक्रममा वैशाख २६ गते प्रभातफेरीमा सहभागी भई बैशाख २७ गते उपशाखा १०, ११ को सभकक्षमा समुदायस्तरीय एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरी २७ देखि जेठ १ गतेसम्म पृथ्वी राजमार्ग क्षेत्रको अमरसिंहचोकमा सडकको जेब्राक्रसबाट बाटो काट्ने व्यवस्था मिलाउन २० जना भोलेन्टियर परिचालन गरी ५ दिने सडक सुरक्षा कार्यक्रम सम्पन्न गर्यो ।

traffic 1

उक्त ७ दिने सडक सुरक्षा कार्यक्रममा अधिकांश सवारी चालकले बुझी बुझी बुझ पचाउने काम गरेका र जेब्राक्रस सडकबाट पैदल यात्रीले बाटो काटिरहेको अवस्थामा समेत सवारी साधन नरोक्ने र पैदल यात्रीले समेत जेब्राक्रस भनेको नबुझेको उक्त ट्राफिक सप्ताहमा प्रत्यक्ष देखिएको उपशाखाका सचिव सूर्य बानियाले बताए ।

ट्राफिक सप्ताहमा सुरक्षित नहुनुको कारण राजमार्गको चोकचोकमा रेलिङ नहुनु, फुटफाथको व्यवस्था नहुनु र जेब्राक्रसको चिन्ह नहुनुले समेत सडकमा बढी मात्रामा दुर्घटना हुने र नेपाल सरकार सडक डिभिजन कार्यालय तथा सम्बन्धित कार्यालयको त्यस्ता कर्यमा ध्यान दिनुपर्ने कुरामा जोड दिंदै उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठले ट्राफिक नियम सम्बन्धी हरेक विद्यालयको पाठ्यक्रममा समावेश गरी लागू गर्नुपर्ने बताउनुभयो । ट्राफिक सप्ताहव्यापी कार्यक्रममा उपशाखाका २० जना सदस्य लगायत ट्राफिक प्रहरी र प्रहरीको सक्रियतामा सम्पन्न उक्त कार्यलाई उपशाखा १०, ११ ले निरन्तरता दिने व्यवस्था मिलाईने, पैदलयात्री र सवारी चालकलाई जेब्राक्रसिङ्गमा सवारी साधन सुस्तरी चलाउन र पैदल यात्रीलाई जथाभावी सडक नकाट्न समेत अनुरोध गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस