नेपाल भाषा, तायमचा नृत्य तथा बाजा प्रशिक्षणको समापन

पोखरा, १ जेठ –

शिसुवा नेवा खलको आयोजना तथा ल्याम्ह पुच कास्कीको आयोजनामा लेखनाथको शिसुवामा नेपाल भाषा, तायमचा नृत्य तथा बाजा प्रशिक्षणको समापन भएको छ । प्रशिक्षणमा ३५ जना नेवारी समुदायको सहभागिता रहेको थियो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा तथा संस्कार समुदायको पहिचान भएकोले यसलाई सिक्न, हस्तान्तरण तथा जगेर्ना गर्न कुनै कन्जुस्याई गर्न नहुने बताए । उनले नेवारहरु संस्कृतिमा समृद्धशाली समुदाय भएको स्मरण गराउदै पुर्खाले हस्तान्तरण गरेको संस्कारलाई नया पुस्तामा सार्न प्रशिक्षण कार्यक्रम महत्वपुर्ण हुने बताए । एक महिना सम्म चलेको प्रशिक्षणमा ल्याम्ह पुच कास्कीका तर्फबाट बिपिन गोशली र सुरज तझ्याले तायमचा बाजाको प्रशिक्षण दिएका थिए भने नेपाल भाषाको प्रशिक्षण मधुसुदन जोशीले दिएका थिए ।

शिसुवा नेवा खलका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थी रस्मिला श्रेष्ठ, लेखनाथ नेवा खलका पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ, नेवा खल कास्कीका सदस्य भैरवलाल श्रेष्ठ, नेवा मिसा पुचका उपाध्यक्ष मेनका श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत शिसुवा नेवा खलका उपाध्यक्ष श्रुमान कतिलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button