पोखरा, २ जेठ –
गुरुङ र लामा समुदायका ३ संस्था एकीकृत भएका छन् । नेपाल गुरुङ लामा समूह, नेपाल गुरुङ लामा संघ र नेपाल युवक लामा संघ एकीकृत भएका हुन् ।
एकै खालको धर्म, संस्कृति, सम्प्रदाय भएको र आगामी दिनमा एकीकृत रुपमा काम गर्ने उद्देश्यले ३ संस्था मिली नेपाल गुरुङ लामा समूह, कास्की नामाकरण भएको समूहका संस्थापक अध्यक्ष पञ्चे लामाले जानकारी दिए ।
समूहको केन्द्रीय कार्यालयको आयोजनामा पोखराको रामघाटस्थित टाँसी छ्योलिङ गुम्बामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेसनले उक्त निर्णय गरेको उनले बताए ।
उक्त अधिवेसनले आगामी ५ वर्षका लागि पञ्चे लामा संस्थापक अध्यक्ष रहने गरी कार्यसमिति गठन गरेको छ ।
नेपाल गुरुङ लामा समूहले कास्कीसहित काठमडौ, म्याग्दी, गोरखा, लमजुङ, चितवन, तनहुँमा शाखा विस्तार गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution