मस्र्याङ्दी जलाधार क्षेत्रको विकासमा जोड

पोखरा, २ जेठ –

मस्र्याङ्दी जलाधार क्षेत्रको एकीकृत विकासको लागि पहल शुरु भएको छ । एकीकृत विकासको लागि तनहुँ, लमजुङ र गोरखाका जलाधार क्षेत्रका अगुवाहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जलधार क्षेत्रको महत्वको बारेमा चासो बढाउन र प्रचार–प्रसार गर्न तनहुँको पुर्कोट गाविसको बाइसजाँगरमा शनिबार आयोजित भेलामा बोल्नेहरुले नेपालको आर्थिक समृद्धिका लागि मस्र्याङ्दी जलाधार क्षेत्रको एकीकृत विकास हुनुपर्ने धारणा राखे ।

Hot Air Balloon Booking
Paragliding Pokhara

भेलाले सबै राजनैतिक दल, सरकारी तथा गैरसरकारी सङ्घ संस्था र सरोकारवालाहरुको समेत संयुक्त सहभागितामा म¥याङ्दी जलधार क्षेत्रको विकासको लागि अघि बढ्ने निर्णय समेत गरेको छ । उक्त अवसरमा बोल्दै योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीनेशचन्द्र देवकोटालले देशको विकासको लागि जलधार क्षेत्र महत्वपूर्ण हुने बताए । ‘मस्र्याङ्दी नदीमा पानीको प्रवाह धेरै र ठुलो भूभाग समेटेकाले धेरै फाइदा लिन सकिन्छ,’ उनले भने । एकीकृत विकासको लागि आफू दिलोज्यान दिएर लाग्ने उनको प्रतिबद्धता छ ।

उक्त अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य विद्या ढकालले मस्र्याङ्दी जलाधार क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्नुपर्ने र त्यसको लागि नेपाल सरकारको उच्च तहमा समेत कुराकानी भइरहेको जानकारी दिए । ‘नेपालको मध्य भागमा पर्ने मस्र्याङ्दी उपत्यका प्रकृतिले दिएको अनुपम उपहार हो,’ उनले भने, ‘जलाधार क्षेत्रको फाइदा लिन सबै एक भएर लाग्नुपर्छ ।’ तनहुँको पूर्वी, गोरखाको पश्चिमी, लमजुङको मध्ये र दक्षिणी भेगमा पर्ने उपत्यकाको क्षेत्रफल ५ सय वर्ग किमी छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिकोणले उक्त क्षेत्र महत्वपूर्ण रहेको ढकालले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले मस्र्याङ्दी उपत्यकालाई फिल्म सिटीको रुपमा पार्न सकिने बताएका थिए । आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्रीले फिल्म ‘फुलै फुलको मौसम तिमीलाई’को म्युजिक भिडियो विमोजन कार्यक्रममा तनहुँको पूर्वी मस्र्याङ्दी किनारदेखि लमजुङको दक्षिणी भेग, गोरखाको पालुङटार, तनहुँको चुँदीरम्घा भानु गाविसको क्षेत्रलाई अत्याधुनिक स्मार्ट सिटीको परिकल्पना गरेको र त्यहीँ फिल्म सिटी पनि सम्भव भएको बताएका थिए । जनसंख्याविद विद्यान आचार्य र पर्यटनविद श्रीकान्त खतिवडाले मस्र्याङदी उपत्यकाको विकासमा सरकारले चासो दिनुपर्ने धारणा राखेका थिए ।

एकीकृत विकासको लागि भेलाले मस्र्याङ्दी उपत्यका अभियन्ता विद्या ढकालको संयोजकत्वमा मस्र्याङ्दी जलाधार क्षेत्र विकास सरोकार तदर्थ समिति गठन गरिएको छ । नव गठित समितिको सदस्यहरुमा तनहुँबाट भगवती न्यौपाने, सीताराम बजगाई, प्रेमकुमार राना, श्यामकुमार श्रेष्ठ छन् । गोर्खाबाट जुद्धविलास भण्डारी, प्रकाश न्यौपाने र लमजुङबाट रामचन्द्र भट्ट र लोकराज भट्ट सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button