पोखरा, २ जेठ –
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २७५ औं शृङ्खला पोखरामा सम्पन्न भयो ।
गोष्ठीमा विशेष आमन्त्रित कविवर तेजनाथ घिमिरेले कविताले मान्छेको मष्तिस्क या मुटुलाई छुनुपर्छ भन्ने विचार राख्दै पोखराले यी दुवैको प्रतिनिधित्व गर्ने स्रष्टा पाएकोमा खुशी व्यक्त गरे । सरुभक्तको शून्यवाद र तीर्थ श्रेष्ठको तरलवाद यसैको उपज रहेको बताए । कविता वाचनका लागि मञ्चमा उभिएको ६० वर्ष भयो तर थकान छैन घिमिरेले भने ।साहित्य शृङ्खलाका सचिव राजेन्द्र पौडेलले कवि कृष्ण सेन “इच्छुक” कविहरुको मुक्ति र स्वतन्त्रताका लागि प्रहरी हिरासतमा मारिएका हुँदा उनलाई संझदै कविता वाचन गरेका थिए ।
कार्यक्रममा तेजनाथ घिमिरे, सरस्वती प्रतीक्षा, शिव थापामगर, सर्वज्ञ श्रेष्ठ, राजेन्द्र पौडेल, सूर्य खड्का विखर्ची, डा. चैतन्य अधिकारी, रुपिन्द्र प्रभावी कटु, वसन्त विनोद, विष्णुप्रसाद वास्तोला, नारायणप्रसाद गौतम, आवाज शर्मा, नारायण वास्तोला, सुरज उपाध्याय, गोविन्द पराजुली, विवश थापा, छविलाल आचार्य, विष्णुप्रसाद पराजुली, बलराम पूर्णविराम, जनक दुलाल, सुदर्शन पौडेल, भरत कोइराला लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।
परिवारका साहित्य संयोजक प्रकाश ज्ञवालीले स्वागत मन्तवसहित विशेष रचना अन्तर्गत कवि छवि अनित्यको “बैंस” कवितालाई प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution