गिरान्चौर एकिकृत बस्ती निर्माणको काम तिव्र गतिमा (भिडीयो सहित)

सिन्धुपाल्चोक, ०३ जेठ –

वैशाख २९ देखि सुरु भएको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । दशैँ अगाडी नै बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ बस्ती निर्माणको काम तिव्र रुपमा अघि बढाएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । स्थानीयबासीसँगै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) समेत बस्ती निर्माणमा बिहान सबेरै देखि बेलुका ११ बजेसम्म खटिरहेका छन् ।

[embedyt] https://www.youtube.com/watch?v=1IHX5Om4qSA[/embedyt]

साप्ताहिक रुपमा प्रसारण हुँदै आएको हाँस्य टेलि श्रृंखला(मेरी बास्यै) समेत गिरान्चौरमै छाँयाकन गरेर बस्ती निर्माणमा सकेसम्म बढी समय दिइरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । सिन्धुपाल्चोकको मेलम्ची ८ गिरान्चौरमा एकिकृत बस्ती बनाउन अहिले भूकम्पले भत्काएको भग्नावशेष हटाउने र जग्गा सम्याउने काम भइरहेको छ ।

dhurmus suntali 2

dhurmus suntali3

बस्ती निर्माणको कामतिव्र गतिमा अघि बढ्दै गर्दा आर्थिक सहयोग जुट्ने क्रमपनिजारी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । हालसम्म फाउण्डेशनको खातामा गिरान्चौर बस्ती निर्माणका लागि सहयोगी हातहरुबाट २७ लाख ५४ हजार रुपैँया आर्थिक सहयोग प्राप्त भएको उनले बताएकी छिन् । यस्तै गोफण्डमी मार्फत करिब १६ लाख रुपैँया बस्ती निर्माणका लागि सहयोग जुटेको उनको भनाई छ ।

dhurmus suntali 4

श्रमदान सहित चार करोड बढी लागत लाग्ने अनुमान गरिएको बस्ती निर्माणका लागि अझै थुप्रै सहयोगी हातको जरुरी रहेको उनको भनाई छ । आर्थिक सहयोगसँगै बस्ती निर्माणका लागिजो कोहिले सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता, खाद्यान्न लगायतका सामग्री पनि सहयोग गर्न उनीहरुले अपील गरेका छन् । जति छिट्टो सहयोग जुट्यो त्यति नै छिटो भूकम्प पिडितले नयाँ घर पाउने उनीहरुको भनाई छ । काम सुरु गरिसक्यौँ अहिले सम्म जुटेको सहयोग बस्ती निर्माण सम्पन्न गर्न अपुग छ,यद्यपी सहयोग जुट्ने आँट र विश्वासले गिरान्चौर एकिकृत बस्ती निर्माणलाई रातदिन नभनी खटेर तिव्र गतिमा अघि बढाइरहेका छौँ, धुर्मुसले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button