मनकामनाका अग्नि पिडितलाई पुननिर्माणमा सहयोग

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३
Post Thumbnail

पोखरा, ३ जेठ –

स्याङ्जा मनकामनाका अग्नी पिडितहरुलाई पोख्रेलीले पुननिर्माणका लागि सहयोग गरेका छन् ।

पुल्चोक टोल विकास संस्थाको आयोजना तथा पुल्चोक सक्षम आमा समुहको सह आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा पुननिर्माणका लागि ५० हजार नगद हस्तान्तरण गरिएको हो ।

manakamana 2

ड्यमसाईड टोल विकास संस्था,ड्मसाइड टुरीजम प्रवद्धन ड्यामसाइड क्लव, टोलविकास संस्था समन्वय समिति वडा नं १७,, विरौटा क्लव, लाइन्स क्लव अफ् पोखरा माछापुछ«े भिलेजको सहयोगमा उक्त रकम हस्तान्तरण गरिइको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिएका छन् ।

कोइरालाले आफ्नो जन्मस्थानको नजिकको गाँउ दुख्दा आफ्नो मन पनि दुखेका कारण केही सहयोग गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको वताए । साथै उक्त कार्यक्रमका लागि सहयोग हस्तान्तरण गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्दै दुखका वेला सहयोग गर्नु नै मानविय धर्म भएको वताए ।

manakamana 3

कार्यक्रम संयोजक समेत रहेका कोइलारा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, टोल विकास संस्था समन्वय समिति पोखरा १७का अध्यक्ष गिता सुवेदी, समाजसेवी शोभा पौडेल,विष्णु शेरचन,मोनिका रेग्मी, नम्रता वराल, हरीकृष्ण श्रेष्ठ, कृष्ण श्रेष्ठ लगायतले उक्त रकम हस्तान्तरण गरेका थिए ।स्थानिय उद्धार समितिका संयोजक धन वहादुर थापालाई उक्त रकम हस्तान्तरण गरिएको थियो । थापाले सहयोगी सवैलाई धन्यवाद दिदै पुननिर्माण अभियानमा जुट्न सवैलाई आह्वान गरेका छन् ।त्यस्तै बोधराज थापाले पोखरादेखी पुननिर्माण अभियानमा इट्टा थप्न पुगेकोमा सहयोगी सवैलाई आभार व्यक्त गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस