पोखरा, ३ जेठ –
पोखरा उपमहानगरपालिका कार्यालय पोखरासँग आवद्ध रहि पोखराको समग्र विकास र अन्य कार्यमा सहभागी र सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको टोल विकास संस्था नगर समन्वय समितिको बैठक पोखरा १० वडा कार्यालयको सभकक्षमा सम्पन्न भयो ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले टोल विकास संस्थाको ३ दिने अध्ययन अवलोकन भ्रमणको आयव्यय प्रस्तुत गर्दै बैठकमा सहभागीहरुलाई वडा नं.१० को तर्फबाट स्वागत गर्नुहुँदै वडाका गतिविधिका बारेमा टोल विकास संस्था वडा समन्वय समिति वडानं. १० का अध्यक्ष एवम् भ्रमणटोलीका संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
भेलामा ३ दिने भ्रमणको प्रतिवेदन टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १ का अध्यक्ष चन्द्र बहादुर गुरुङ्ले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यमा महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ, नगर समन्वय समितिका प्रथम उपाध्इष उत्तम जोशी, द्वितीय उपाध्यक्ष तिलक तमु लगायतको उपस्थिति रहेको उक्त बैठकले नगरपालिकाको नीति, नियमलाई कार्यान्वयन गराउँदै नागरिकको समस्या र नगरपालिकाले गर्नुपर्ने काम छिटो छरितो गर्न आग्रह गर्ने, पोखरालाई प्लाष्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका वडालाई छिटोभन्दा छिटो घोषणा गरी नगरपालिकालाई तुरुन्त प्लाष्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गर्न मद्दत गर्ने, सवारी साधनको चापसँगसगै जनघनत्व बढ्दै गएको र व्यवस्थित सडक नहुँदा सवारी साधन र पैदल यात्रीलाई परेको समस्याको समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लगाउने र व्यवस्थित पार्किङ, पार्किङ शुल्क समेत समायोजन गर्न पहल गर्ने, ठेक्का लगाइने वडाको सरसफाई कार्यमा वडा आफैले नगरपालिकासँग समन्वय गरी कार्यान्वयन गराउने जस्ता काममा टोल विकास संस्था नगर समन्वय समिति लागि पर्ने बताइएको उक्त बैठक टोल विकास संस्था वडा समन्वय समिति १० को व्यवस्थापमा सम्पन्न उक्त बैठकमा वडा नं. १० का सचिव नवराज थापा लगायतको सहभागिता रहेको बैठकको संचालन सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution