चिल्ड्रेन नेपालद्वारा विद्यालय पुनर्निर्माणमा सहयोग

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ४
चिल्ड्रेन नेपालद्वारा विद्यालय पुनर्निर्माणमा सहयोग

पोखरा, ४ जेठ –

चिल्ड्रेन–नेपालले विद्यालय पुननिर्माणमा सहयोग गरेको छ । संस्थाले गोरखा, मकवानपुर, तनहुँ, कास्की र पर्वत जिल्लाका भुकम्प र बाढीले क्षतिग्रस्त ६ वटा सामुदायिक विद्यालय र एउटा सामुदायिक स्रोत केन्द्रलाई सहयोग गरेको हो । Ein Herz for Kinder जर्मनीको सहयोगमा प्राप्त ९ लाख भन्दा बढिका पुनर्निर्माण सामग्री तथा शैक्षिक सामाग्री सहयोग गरीएको चिल्ड्रेन–नेपालले जनाएको छ ।

ती सामाग्री प्राप्त गर्नेमा तनहुँको उमादेवी प्रा.वि., पर्वतको पूर्णेश्वर उ.मा.वि. र सिद्धेश्वर प्रा.वि. तथा कास्कीको फूलवारी सामुदायिक स्रोत केन्द रहेका छन् । त्यस्तै गोरखाको स्यार्तन नि.मा.वि. र मकवानपुरको लेकाली बसिफाँट मा.वि.ले कम्प्युटर तथा शैक्षिक सामाग्री प्राप्त गर्दा गोरखा जिल्लाकै जलकुमारी नि.मा.वि. का अपाङ्ग बालबालिकाले आवासको लागि लत्ता कपडा र फर्निचर जस्ता अत्यावस्यकिय सामाग्रीहरू प्राप्त गरेका छन् ।

सहयोग सामाग्री प्राप्त भएपछि जलकुमारी नि.मा.वि. गोरखाका प्र.अ. श्री टेक बहादुर दाहालले खुशी व्यक्त गर्दै अपाङ्गता भएका बालबालिकाले सजिलो सँग बस्न पढ्न र सुत्न पाउने कुरा व्यक्त गरे । त्यस्तै उमादेवी प्रा.वि.तनहुँका व्यवस्थापन समिति अध्यक्ष श्री जुन बहादुर वि.क. ले सहयोगबाट विद्यालयको काचुली फेरिने हुँदा विपन्न बालबालिकाले सुरक्षित रूपले पढ्न पाउने कुरामा खुशी व्यक्त गरे ।

गत बैशाख महिनामा पनि उक्त संस्थाले गोरखा जिल्लाको पालुङटार क्षेत्रका ५ वटा सामुदायिक विद्यालयलाई ४ लाख भन्दा बढिको हुलास जस्ता पाता उपलब्ध गराएको थियो । त्यस्तै २०७२ माघमा गोरखा जिल्लाकै खरिवोट गा.वि.स. का ५ वटा सामुदायिक विद्यालयलाई ४ लाख भन्दा बढीका हुलासका जस्ता पाता उपलब्ध गराएको थियो ।

उक्त सहयोग वितरण कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर थापा, कोषाध्यक्ष शान्त पौडेल, सचिव विजय कुमार कार्की, संस्थापक उपाध्यक्ष भीम लाल गुरुङ, संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेल लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस