पोखरा, ०४ जेठ –
त्रिवेणी संगितालय पोखराको आयोजनामा खुल्ला “पोखरा सिङ्गिग स्टार जुनियर प्रतियोगिता २०७३, हुने भएको छ ।
बाल प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागी संगितालयका प्रशिक्षक नवराज बरालको संयोजकत्वमा एक मुल समारोह समिति समेत गठन गरिएको छ ।
जेठको तेस्रो हप्ता देखि शुरुहुने उक्त प्रतियोगितामा १७ वर्ष सम्मका प्रतियोगीहरुले भाग लिन पाउने र प्रतियोगिता एसएमएस भोटिङ्ग रहित हुने आयोजकले जनाएको छ । श्रावणको पहिलो हप्ता फाइनल प्रतियोगिता हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले तीस हजार, द्धितिय हुनेले बिस हजार, तृतिय हुनेले दश हजार शान्त्वना हुनेले पाँच हजार पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिता सम्पन्न गर्न दुइ खाल ७६ हजार खर्च लाग्ने र तीनलाख पचास हजार आम्दानी हुने र बचत रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।





