पोखरा, ४ जेठ –
नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनका नव निर्वाचित पदाधिकारीहरुलाई मंगलबार पोखरामा बदाई तथा शुभकामना प्रदान गरीएको छ । गण्डकी तथा धौलागिरी पेट्रोलियम डिलर्स एसोशिएसन पोखराले एक समारोहका बिच एशोसिएसनका द्धितिय उपाध्यक्षमा कपिल अधिकारी, सदस्य सुनिल गुरुङ र मनोनयन सदस्य राजन गंगजुलाई एक समारोहका विच खादा तथा अविर लगायर ३ बर्षे कार्यकालको सफलताको शुभकामना सहित बधाई ज्ञापन गरीएको हो ।
एशोसिएसनका द्धितीय उपाध्यक्ष कपिल अधिकारीले ४ हजार लिटर पेट्रोलीयम पदार्थको ट्याङकीमा एक सय लिटरसम्म कम पेट्रोलियम पदार्थ कम हुने गरेको दाबी गरे । एशोसिएसनका केन्द्रीय सदस्य तथा गण्डकी ट्याङकर व्यवसाय संघका अध्यक्ष सुनिल गुरुङले २० औं बर्ष देखिको आफुहरुको माग अब पनि पुरा नभए आफुहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका छन । गण्डकी तथा धौलागिरी पेट्रोलियम डिलर्स एसोशिएसन पोखराका अध्यक्ष शुसिल गौचनले पछिल्लो ६ महिना देखि भारतबाट आउने पेट्रोलिय पदार्थमा तोकिएको परिमाण भन्दा कम आउन थालेकोले यसमा आफुहरुको गम्भीर ध्यानआकर्षण भएको जनाए ।
त्यसै गरी एशोसिएसन गण्डकी तथा धौलागिरीका महासचिव तथा केन्द्रीय सदस्य राजन गांगजुले पछिल्लो क्रममा भारतीय आलय निगमले नेपालको नापतौललाई मान्यता नदिइ सहि ढंगले पेट्रोलीय पदार्थ नदिदा व्यवसायहरु हाल निकै घाटामा व्यवसाय गर्न बाध्य भएको बताए । कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले देशको असहज परिस्थितीमा कम दवाव दिएको कारणले गर्दा यस क्षेत्रमा थोरै मात्रमा पेट्रोलिय पदार्थ आयात भएको बताए । एशोसिएस गण्डकी तथा धौलागिरीका निवर्तमान अध्यक्ष जगत बराल, सल्लाहकार रुद्र घले, व्यवसायी बाबुराम जमरकट्टेल लगायतले भारतीय आयल निगमले नेपाल आयल निगमको मापदण्ड अनुसार पेट्रोलिय पदार्थमा सहि परिमाण नदिएको कारण व्यवसायहरुलाई हाल धेरै मार परेकोले यथासिघ्र नेपाल सरकारले कुटनितिक पहल गरी नाप तौलमा एकरुपता ल्याउन व्यवसायीहरुले जोडदार माग गरेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution