पोखरा, ४ जेठ –
पोखरा–१० बुद्धचोक स्थित सोसल पव्लिक स्कुलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लािग एक दिने निःशुल्क दन्त परीक्षण शिविर तथा मुख–स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरियो । विद्यालयमा हालै गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको उक्त कार्यक्रम पश्चिमाञ्चल डेन्टल होम प्रा.लि. नया बजारको सहयोगमा सम्पन्न भएको हो । उक्त डेन्टल होमका तर्फबाट डाक्टर कमल प्रसाद चापागाईको नेतृत्वको पा“च सदस्यीय टोलीले कक्षा १ देखि १० सम्मका करीब ७०० जना विद्यार्थीहरुको मुख तथा दात जाच गर्नुका साथै ९ र १० कक्षाका विद्यार्थीहरुलाई ओरल हेल्थ सम्बन्धी जानकारी मुलक प्रस्तुतीहरु मार्फत् सचेतना कार्यक्रमपनि सम्पन्न गरेका थिए ।
शिविरलाई औपचारिक रुपमा समापन गर्नको लागि आयोजित कार्यक्रममा बोल्दै डा. कलम प्रसाद चापागाईले उचित ज्ञानको अभावका कारण कतिपय मानिसहरुले दात सम्बन्धी समस्याबाट धेरै दुख र कष्ट बेहोर्नु परेको सन्दर्भ कोट्याउदै माध्यमिक तहका विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी धेरै कुराहरु आफूले बुझेर अरुलाई पनिबुझाउन सक्ने भएकाले समाजमा चेतना फैलाउन सचेतना कार्यक्रम विशेष उनीहरुका लागि लक्षित गरिएको बताउनु भयो । विद्यालका प्रिन्सिपल खिमबहादुर गुरुङले कतिपय अज्ञानताका कारण र कुनै बेला हेलचेक्राईका कारण मानिसहरुले मुख तथा दात सम्बन्धी समस्या झेल्नु परेको बताउदै सो परीक्षण शिविर र सचेतना कार्यक्रमबाट विद्यार्थीहरुले आफुले सिकेका कुराहरु परिवार र छर–छिमेकका अन्य सदस्यहरुलाई पनि बताई चेतना फैलाउने कार्यमा लाग्न सल्लाह दिनुभयो । कार्यक्रममा पश्चिमाञ्चल डेन्टल होम र डाक्टरहरुको टोलीलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution