पोखरा, ५ जेठ-
पोखरा–५ मालेपाटनमा अचार बनाउने सिपमूलक तीनदिने तालिम सम्पन्न भएको छ ।
पोखरा–५, वडा समन्वय आमा÷महिला समितिद्धारा आयोजना गरिएको तालिममआप,गाजर, काउली, बन्दा, धनिया, गोलभेंडा, कटहर, खुर्सानी, मेथी लगायत मिक्स गरी ९ किसिमको अचार बनाउन तालिम दिइएको थियो । तालिममा सहभागी महिलाहरुका लागि तालिमले आय आर्जन गर्न सहयोग पुयाउने तालिम संयोजक कालिका थापाले बताउनुभयो । पोखरा–५, वडा समन्वय समितिका
अध्यक्ष उज्वल खत्रीले सिकेको सिपलाई ब्यबहारमा खरो उतारेर ब्यबसायिक बन्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेय सहभागीहरुले सिकेको सिप लाई ब्यहारमा प्रयोग गर्दे सके ब्यबसायीक बन्नुपर्ने नसके आफुले खाने अचार आफैले बनाएर खानुपर्ने बताउनु भयो । कार्यक्रमा अभियान युवा क्लबका अध्यक्ष बसन्त गिरि ,सहभागी श्रीजना श्रेष्ठ लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
नब सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको अचार बनाउने सिपमूलक तालिममा ५३ जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन ससोमबार सससस पोखरा उप महा नगरपालिकाका निमत्त प्रमुख ओमराज पौडेलले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution