सरकारले गर्नुपर्ने काम बाल गृहहरुले गरेका छन – रेग्मी

पोखरा, ५ जेठ –

कास्कीका साहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले सरकारले गर्न नसकेको काम बालगृह सञ्चालकहरु गरेको बताउनु भएको छ । आज पोखरामा बालगृह सञ्जाल कास्कीले आयोजना गरेको बाल गृह सञ्चालन कार्यविधि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्र्दै रेग्मीले देशमा हजारौ बालबालिका अभिभावक विहिन भए पनि सरकारले अहिले सम्म एउटा पनि बालगृह सञ्चालन नगरेको बताउदै अहिले बालगृह सञ्चालकहरुले सहारा विहिन बालबालिकाको पालन, पोषण, शिक्षा, स्वास्थ्यमा योगदान पुरयाएको भन्दै प्रसंसा गर्नुभयो । उहाले कास्कीमा मात्रै १५ सय बालबालिका बालगृहमा रहेको बताउदै बालगृहमा रहेका बालबालिकाको नागरिकता समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो । उहाले बाबु आमाको परिचय नखुलेको तर नेपालमै जन्मेका बाबालिका लाई जन्मको आधारमा नेपाली नागरिकता दिन सकिने बताउदै रेग्मीले संरक्षकमा बालगृह रहने बताउनु भयो । महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख लक्ष्मी जिसिले बालगृहहरुमा पुर्ण बाल अधिकार प्रत्याभुती हुनु पर्ने बताउदै अभिभावक विहिन बालबालिका लाई संरक्षण गरेर महत्वपुर्ण काम बालगृहरुले गरेको बताउनु भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला बालकल्याण समितिका बद्री वाग्लेले कास्कीका बालगृह हरु अन्य जिल्लाको तुलनामा राम्रो भए पनि अझै राम्रो हुनुपर्नेमा जोड दिनु भयो ।उहाले कास्कीका सवै बालगृह ए ग्रेड र वि ग्रेडका कम्तीमा हुनु पर्ने बताउनु भयो ।

बाल गृह सञ्जाल महासंघका निबर्तमान केन्दीय अध्यक्ष रमेश खतिवडाले कास्कीमा हुने गरेका राम्रो कामले केन्द्रले सिको गर्ने अबस्था आएको बताउनुभयो ।

रेडियो गण्डकीका अध्यक्ष एवं बालगृह सञ्जालका कास्कीका सल्लाहकार अग्नी प्रसाद कडेलले बालगृह सञ्चालकहरुले आफ्ना गतिविधि पारदर्शीरुपमा गसञ्चालन गर्ने र सरकारकी प्रतिनिधिले बालगृह सञ्चालकहश्र लाई सहयोगीको रुपमा हेर्नुपर्नेमा जोड दिनु भयो । कडेलले बालगृह सञ्चालन गर्नु आफैमा चुनौती रहेको बताउदै बालगृह सञ्चालन ले सडकमा सडक बालबालिकको सङख्यामा पनि कमि आएको बताउनु भयो ।

बाल गृह सञ्जाल महासंघका केन्द्रीय सचिव विजय कुमार प्रधानले कास्कीमा १५ सय बालबालिका बालगृहहरुमा रहेको बताउदै देश भरी रहेका ५ सय ९८ बालगृहमा करिब १७ हजार हजार बालबालिका बालगृहमा रहेको बताउनु भयो ।

बालगृह सञ्जाल कास्कीका अध्यक्ष गोमा ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कास्कीका अधिकाश बालगृहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button