तेस्रो बर्षमा बाजेको सेकुवा, बार्षिकोत्सबमा सांगितिक प्रस्तुति हुने

पोखरा, ५ जेठ-
काठमाण्डौ बाहिर पहिलो पटक पोखरामा चेन रेष्टुरेण्टका रुपमा शुरु भएको बाजेको सेकुवाले आफ्नो तेस्रो बर्ष प्रबेशको अवसरमा जेठ ७ गते शुक्रबार बिशेष कार्यक्रम गर्ने भएको छ । बार्षिकोत्सब बिशेष कार्यक्रममा अडियो फायरको लाईभ ब्याण्ड मार्फत सांगितिक माहौल बनाइने सञ्चालक एकराज गिरीले बताए ।

‘सफलताको तेस्रो बर्ष प्रबेश हामी हाम्रा ग्राहक महानुभावहरु संगै बसेर मनाउनका लागि हामीले तेस्रो बर्ष प्रबेशको खुसीयालीमा बिशेष कार्यक्रम गर्न लागेका हौं ।’ गिरीले भने – ‘सेवाको दुइ बर्षको दौरानमा हामीले पर्याप्त पार्किङ्गको सुविधाका लागि आफ्नै पार्किङ्ग एरिया तथा जुनसुकै सभा, समारोह तथा पार्टी गर्न सकिने हलको बिस्तार गरेका छौं ।’ बाजेको सेकुवाको सेन्टर किचन काठमाण्डौंको दरबारमार्गमा छ भने देशभर ११ वटा चेन रेष्टुरेण्ट बिस्तार गरिसकेको छ ।

बिशेष कार्यक्रममा आउने ग्राहकका लागि मेनुमा बिशेष छुटको ब्यवस्था गरिएको अर्का सञ्चालक ममता गुरुङ्गले बताए । उनले १५० जना ग्राहकलाई एकैपटक सेवा दिन सक्ने बाजेको सेकुवा पोखरामा काठमाण्डौकै स्तरको खानाको स्वाद र सुविधा दिने गरि काठमाण्डौ सेन्टर किचनबाटै सेकुवा ल्याउने गरेको बताए । बाजेको सेकुवा रेष्टुरेण्ट संगै दिब्य फुड्स प्रालि मार्फत हाल १९ कोठाको सुबिधा सम्पन्न होटल पनि सञ्चालित रहेको छ । जसमा १४ कोठा एट्याच बाथरुम सहितको तथा ५ वटा एसि सहितको डिलक्स कोठाहरु रहेका छन् । पहिले खसीका परिकारमात्रै पाईने रेष्टुरेण्टमा अहिले कुखुरा, अष्ट्रिज तथा माछाका परिकारका साथै इण्डियन, चाइनिज, कन्टिनेन्टल र नेपाली खाना उपलब्ध रहेको सञ्चालक गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button