पोखरा ५, जेठ-
नेपाल टेलिक जस्तो नाफा मुलक सरकारी संस्थामा कार्यरत केही कर्मचारीले नै उचित ज्याला पाउन सकेका छैनन । नेपाल सरकारले तोकेको श्रमजिवि ऐन अनुसार तलव भक्ता पाउन नसकेका केहि कर्मचारी हाल आन्दोलनको संघारमा रहेकाछन ।
यसै क्रममा पोखरा क्षेत्रमा पनि श्रम ऐन लागु भएको छैन भने अधिकाशं निजी संस्थानले मजदुरहरुको श्रम शोसण गरेको मजदुरहरु बताउछन । नेपाल सरकारको श्रम ऐन अनुसार कुनै पनि मजदुरले मासिक रुपमा ६ हजार २ सय ५ रुपैया न्युनतम तलव र महङगी भक्ता ३ हजार ४ सय ९५ रुपैया गरी ९ हजार ७ सय रुपैया पाउनु पर्नेमा कुनै संस्थाले काम लगाएर नदिएको खण्डमा उजुरी गरे आफुहरुले उचित ज्याला दिलाउन पहल गर्ने श्रम कार्यालय पोखराका प्रमुख भरतराज काफ्लेले बताए । उनले भने “सरकारले तोकेको नियम भित्र जो कोहि आउनु पर्दछ, यदी कसैले कुनै मजदुरलाई दैनिक ८ घण्टा काम लगाएको छ भने सरकारले तोकेको पारिश्रमीक दिनु पर्दछ, कसैले नदिएको खण्डमा हामी कहाँ उजुरी गर्नु भयो भने हामीले उचित ज्यादा दिने वातावरण मिलाउछौं ।” यदी कुनै ज्यालादारी मजदुरलाई दैनिकी रुपमा ज्याला दिने गरी काम लगाउदा कम्तीमा एक दिनको ३ सय ९५ रुपैया दिनु पर्दछ ।
कुनै एक सेक्युरिटि कम्पनीबाट परिचालन भएका केहि कर्मचारीहरुले हाल सुरक्षा गार्डको काम गर्नु पर्नेमा जोखिम युक्त काम लाईन विस्तार तथा बिजुलीको पोलमा चढेर काम गर्ने गरेका छन । उनीहरुले हाल सरकारले तोकेको भन्दा २ हजार २ सय रुपैया कम पैसा पाउदा पनि उनीहरु हाल आफ्नो बाध्यताले सो कम्पनीबाट सरकारी संस्था नेपाल टेलिकममा काम गर्न बाध्य भएका छन । पोखराका केहि मजदुरलार्ई ब्लु हेवन सेक्युरिटि कम्पनीले नेपाल टेलिकमा मजदुरी गर्न पठाएर सरकारले तोकेको उचित ज्याला नदिएको हो ।
ब्लु हेवन सेक्युरिटिका संचालक माधव आचार्यले आफुहरुले पुरानो टेण्डर अनुसार मजदुरहरुलाई विभिन्न संस्थामा काममा लगाएकोले हाल सरकारले तोकेको तलव भक्ता तत्काल बृद्धि गर्न नसकिने बताए । उनले भने “यही जेठ १५ गतेसम्म हाम्रो नेपाल टेलिकममा टेण्डरको म्याद छ, अर्को टेण्डर गर्दा सरकारले तोकेको पारीश्रमीक दिने गरी सम्झौता हुन सकेको खण्डमा मात्र हामीले कामदारको तलव भक्ता बृद्धि गर्न सक्छौं अन्यथा हामीले घरबाट ल्याएर उनीहरुलाई दिन सक्दैनौं । ” सेक्युरिटि सुरक्षाको बिषयमा केन्द्रीय हुनु पर्नेमा जोखिम पुर्ण काम प्राविधिक क्षेत्रमा पनि केहिलाई काम गराउनु भएको छ भन्ने हाम्रो प्रश्नमा उनले आफ्नो संस्थाको नियम अनुसार कर्मचारीलाई काममा खटाएको जनाए ।
नेपाल टेलिकममा काम गर्ने केहि कर्मचारीले भने आफुहरुले प्राविधिकको कुनै तालिम विना फिल्डमा जानु पर्दा धेरै सास्ती भोग्नु परेको गुनासो समेत गरेका छन । नाम नवताउने सर्तमा एक कर्मचारीले भने “हामीले एक दशक भन्दा लामो समय देखि सेक्युरिटि कम्पनीबाट नेपाल टेलिकममा प्राविधिकको रुपमा काम गर्दै आएका छौं, हाम्रो तलव हाल ७ हजार ५ सय रहेको छ, यो अबस्थामा हामीले कसरी परिवार पाल्ने ।” हाम्रो तलव बृद्धि गर्नु पर्ने सरकारले तोकेको ज्याला दिनुहोस भन्दै श्रम कार्यालयमा पुग्दा समेत कुनै सुनुवाई नभएको उनीहरुले गुनासो गरे । सेक्युरिटि कम्पनीमा कार्यरत ती कर्मचारीहरु युनियनमा आवद्ध हुन नदिएको कारणले गर्दा पनि आफुहरुको श्रम सोसण भएको उनीहरुले गुनासो गरेका हुन ।
नेपाल सरकारले गत माघ १८ गते देखि लागु हुने गरी श्रमजिवि ऐन परिमार्जन गरी ज्यालादारी मजदुरहरुको मासिक रुपमा तलव भक्ता केहि बृद्धि गरे पनि हाल अधिकांश निजी संस्थानहरुमा लागु भएको छैन । श्रमजिवि बर्ग विभिन्न युनिययनमा लागे पनि यो वा त्यो वाहनामा निजी संस्थानहरुले सरकारले तोकेको उचित रकम नदिएको मजदुरहरुले गुनासो गरेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution