१० हप्तामा फिर्केको पानी पिउन योग्य बनाउने सरोकारवालाहरुको अठोट

पोखरा, ५ जेठ –

पोखराको प्रसिद्ध राष्ट्रिय सम्पदा बुलौदी र फिर्के खोला बृहत सरसफाई अभियान संचालन गरिने भएको छ । विश्व वातावरण दिवसको अवसर पारी यो अभियानको सुरुवात गरीने पोखरामा बुधबार भएको सरोकारवालाहरुको भेलाले निणर्य गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

फिर्के र बुलौदी सँग जोडिएका वडाका ६५ संघसस्था सदस्य रहने गरि सरोकार समिति र सरसफाई अभियान सफल पार्न १५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।

अभियान विश्व वातावरण दिवसको अवसरमा आगामी जेठ २२ गते यो अभियानको सुरुवात गरिने नागरीक समाज पोखराका संयोजक तथा फिर्के बुलौदी बृहत सरसफाई अभियानका अभियन्ता राम बहादुर पौडेलले जानकारी दिनुभयो ।

यो अभियानलाई साथ दिन बाग्मति सफाइको महाअभियानका अभियानकर्ताहरु पूर्व मुख्य सचिव लिलामणी पौड्याल, संचार सचिव दिनेश कुमार थपलिया, सशस्त्र प्रहरी बलका एसपी शम्भु उप्रेती, बाग्मती सफाई अभियानका अभियन्ता डा. राजु अधिकारी लगायतका व्यक्तिहरुले अभियान सुरु हुनुभन्दा एक हप्ता अगाडी सरोकारवालाहरुलाई प्रशिक्षण दिने र अभियान सफल पार्ने विषयमा छलफल हुने संयोजक पौडेलले जानकारी दिनुभयो ।

यसैबीच बुधबार भएको भेलामा फिर्के र बुलौदी सफा गर्न पोखराका विभिन्न सरोकारवालाहरुले प्रतिवद्धता व्यक्ति गरेका छन् । नागरीक समाज पोखरा, टोल विकास संस्था नगर समन्वय समिति पोखरा, नगर महिला समन्वय समिति पोखरा, सिद्धार्थ क्लब पोखरा, ड्याम साइड क्लब, नेपाल स्काउट कास्की, पोखरा मिडिया क्लब, टोल विकास सस्था वडा समन्वय समिति २, ४, ६, ७, ८ र २६, पृथ्वि राजमार्ग बस संचालक समिति र अभियान युवा क्लब अभियानको सचिवालय समितिमा रहेका छन् ।

प्रतिक्रिया

  1. 10 haptama saaun mahina lagcha. saaun samma ma badhi aayera fohor bagaucha ani pani pani ali ali safa huncha. ani la safa vayo piu vanne ta hola ni. feri hiud aaucha ani k garne ni?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button