काठमाडौँ , ०७ जेठ –
गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् ।
[embedyt] https://www.youtube.com/watch?v=t1KU0IqR8_E[/embedyt]
धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्नाथुप्रै फ्यानले धुर्मुस सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ । गिरान्चौर एकिकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छिन् ।धुर्मुस सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रसंशा बटुल्नका लागि अझै राम्रो काम गर्नका लागि समेत धुर्मुस सुन्तली फाउण्डेशनलाई उनले शुभेच्छा प्रकट गरेकी छिन् ।
सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखाथापाले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् । सामाजीककामले पनि आफुहरुलाई निकै प्रेरित गरेको उनले बताएकी छिन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution