पोखरा, ८ जेठ –
पोखरामा ईन फिल्ड वुलेट वाईक चालकहरुको संस्था दि ईन फिल्ड टुपर्स क्लवको आयोजना उनीहरु रारा तालसम्मको लागि दश दिने मोटरसाईकल यात्रामा निकस्केका छन ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा फेवाताल र मुगुको रारा तालको पनि सम्बन्ध जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आफुहरु उक्त मोटरसाईकल यात्रामा निस्केको क्लवका अध्यक्ष सुवास गुरुङले बताए ।
उनले भने “दुई ताल विचको सम्पन्ध स्थापना गरी, पर्यटन प्रवद्र्धन गर्नुको साथै वुलेट वाईकले कम ध्वनी निकाल्ने गरी चलाउ सकिन्छ भन्ने सन्देस दिन पनि हाम्रो यो यात्रा सुरु भएको हो । ” वुलेट वाईकको मोटरसाईक यात्रामा करीब १५ जना सहभागि भएका छन भने उनीहरु शनिबार लुम्वीनि पुग्ने कार्यक्रम तय भएको छ । नासा वुलेट क्लव काठमाण्डौंको समेत एक टोली राजधानिबाट लुम्विनी आउने त्यस पनि दुबै तर्फको टोली मुगुको रारा तालसम्मको यात्रा गर्ने भएको छ । पोखरा देखि रारा तालसम्मको यात्राको क्रममा करीब २ हजार किलोमिटर मोटरसाईकलमा यात्रा गरीने भएको अध्यक्ष गुरुङले जनाए ।
यसै बिच रेष्टुरेण्ट एण्ड वार एसोसियसन रेवान पोखराका कार्यवाहक अध्यक्ष चौवहादुर गुरुङले उक्त टोलीलाई अविर लगाउदै यात्रा सफलताको कामना सहित यस्तो कार्यक्रमले आन्तरीक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । वुलेट वाइक भन्न्ो विक्तिकै चर्को आवाज निकाल्ने, ठुलो आवाजमा हर्न भएको भन्ने बुझाई रहेकाहरुको लागि यसमा वातावरण अनुकुल हुने गरी परिमाजन गरी संचालन गरेका वुलेट वाईकहरु पनि बजारमा संचालनमा आएका छन भन्ने सन्देश दिएको उनले बताए ।
‘तालदेखी तालसम्म’ साइकल यात्रा सुरु भएको भोलि पल्ट आज (शनिबार) मोटरसाईकल यात्रा पनि सुरु भएको हो । नेपाल पर्यटन वोर्डले यस बर्षलाई घुमफिर बर्षको रुपमा घोषणा गरेसंगै सुक्रबार पोखराको बिरौटा क्लवको आयोजना तथा साईकल सिटी पोखराको सहआयोजनामा एक हप्ते साईकल यात्राको एक टोली मुगु प्रस्थान गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution