पत्रकार शर्मालाई बिदाई

पोखरा, ८ जेठ –

आर्थिक अबस्था कमजोर भएका कारणले गर्दा पत्रकारहरु विस्तारै विदेश पलायन हुन लागेकोमा पत्रकारहरुले नै चिन्ता व्यक्त गरेका छन । स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले शनिबार संघका सदस्य पत्रकार शिव शर्मा चञ्चललाई एक समारोहका विच विदाई गर्ने कार्यक्रममा बोल्ने पत्रकारहरुले लामो समय देखि कार्यरत पत्रकारहरु यसरी विदेश पलायन हुदा यहाँको पत्रकारीता क्षेत्रमा थप चुनौती थपिदै जानेमा भएकोले चिन्ता व्यक्त गरेका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समाजमा रहेका समसामहिक घटना तथा ग्लामर र वन्यजन्तु लगायतका बिषयमा कलम चलाउदै आएका पत्रकार शर्मा जस्तो व्यक्तलाई अमेरीका जानको लागि विदाई गर्नुपर्ने अबस्था निकै दुखको बिषय भएको पत्रकारहरुले बताएका हुन । आर्थिक अबस्था मजवुद भएको खण्डमा विदेश जाने पत्रकारलाई स्वदेशै रोक्न सकिने सहभाजिहरुले धारणा राखेका थिए । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, सल्लाहकार नारायण कार्की, कोषाध्यक्ष दिननाथ बराल, जिल्ला अध्यक्ष विरेन्द्र सापकोटा लगायतका पत्रकारहरुले पत्रकार शर्मालाई खादा तथा अविर लगाई मायाको चिनो प्रदान गरी अमेरीका यात्रा सहित वसाईको सफलताको कामना गर्दै अमेरीका रहदा पनि फुर्सदको समय कलम चलाउन सुझाव दिएका हुन ।

journalist shiva

पत्रकार शर्माले आफ्नो जन्म थलो तनहूँ भए पनि दुई दशक पोखरामा कर्म गरी पोखरालाई कर्मथलोको रुपमा विताएकोले आर्थिक अबस्था अझै पनि मजबुत पार्न सकेको अबस्थामा डिभि परेकोले अमेरीकामा बाध्यताले गर्दा पनि जान लागेको जनाए । संघका केन्द्रीय अध्यक्ष बास्तोलाले अमेरीकामा रहदा पनि नेपालीहरुको सुखः दुखःको बिषयमा कलमबाट आवाज उठाउन आग्रह गरे । सल्लाहकार नारायण कार्कीले पोखरामा छुट्टै विट पत्रकारीतामा आफ्नो पहिचान बनाएका शर्माले पोखरा छाडेसंगै उनको स्थानमा अन्य पत्रकारहरुले परिपुर्ती गर्नु पर्ने चुनौती आएको बताए । सदस्य तिलक थापाले संचालन गरेको कार्यक्रममा सहभागिहरुले पत्रकार शर्माको अमेरीका यात्रा सहित वसाईको सफलताको कामना गरेका हुन । पत्रकारको श्रमविजि ऐन अझै पनि लागु हुन नसकेको अबस्थामा पत्रकारहरुको विदेश पलायन हुनु बाध्यता रहेको छ ।

यसै बिच, पत्रकार शिव शर्मा चञ्चललाई आज पोखरामा मिलिनियम ट्रेक व्यबस्थापन समितिले विदाई गरेको छ । आफ्नो जिवनको थप समृतिको लागि अमेरीका जान लागेका पत्रकार शर्मालाई समितिका द्धितीय उपाध्यक्ष थमल आले, मिलिनियम ट्रेकका संयोजक डम्मर केसी लगायतले उनलाई मायाको चिनोको साथमा खादा तथा अविर लगायर विदाई गरेका हुन । कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध उनी यही जेठ १२ गते स–परिवार अमेरीका प्रस्थान गर्ने भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button